चितवन । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम आएको छ । हालसम्म ३९५१ मत गणना भइसकेको छ ।
नेकपा (एमाले) का उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायम गरेका छन् । जसमा पोखरेलले १५ सय ६६ मत पाएका छन् ।
नेपाली कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ १३ सय ३४ मत प्राप्त गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले ८ सय २६ मत प्राप्त गरेका छन् ।
यो पनि पढ्नुहोस्,
ललितपुरबाट उदायो सूर्य, फराकिलो मतान्तरसहित प्रेमबहादुरले मारे बाजी !
ललितपुर निवाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन विजयी बनेका छन् । मतगणनाको अन्मित मतपरिणामअनुसार महर्जन १९७३४ मतसहित निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याएका छन् । मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण निरौलाले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।