सोमबार, माघ २३ २०७९
ताजा अपडेट

प्रदेशसभा सदस्यमा कांग्रेसका उम्मेदवारले मारे बाजी !


  • KTM Khabar
  • सोमबार, मंसिर ५ २०७९
2.1K
SHARES

फाइल तस्विर

५ मंसिर, काठमाडौं ।

मनाङबाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका मुनिन्द्रजंग गुरुङ निर्वाचित भएका छन् ।

सोमबार साँझ सकिएको मत गणनाअनुसार प्रदेश क्षेत्र (१) का उम्मेदवार मुनिन्द्रले १२५५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजनबहादुर गुरुङले ९२५ मत पाएको मनाङका मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले बताएका छन् ।

प्रदेश क्षेत्र २ मा राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित भएका थिए ।

यो पनि पढ्नुहोस्,

काठमाडौं–३ मा कांग्रेसका सन्तोष चालिसेले लिए अग्रता

काठमाडौं क्षेत्र नम्बर ३ मा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । यसअघिसम्म अग्रता लिइरहेका एमालेका कृष्णबहादुर राईलाई पछिल्लो मत परिणाम अनुसार कांग्रेसका सन्तोष चालिसेले पछाडि पारेका छन् ।

चालिसेले २,५६७ मत ल्याउँदा राईले २२३५ मत पाएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापाले ९४५ मत ल्याएका छन् । २०७४ सालमा यो क्षेत्रबाट एमालेका राई नै निर्वाचित भएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा