कपनमा एमालेका युवा नेताको गाडीमाथि भयो तोडफोड, कसले गर्यो ?
काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १०, कपनमा नेकपा (एमाले) का युवा नेताको गाडीमाथि तोडफोड भएको छ । शनिबार बेलुका पार्किङ्गका लागि राखिएको गाडीमाथि तोडफोड भएको जनाइएको छ ।
युवा सङ्घ नेपाल बूढानीलकण्ठका इन्चार्ज समेत रहेका एमालेका युवा नेता कर्ण लामाको प्राइभेट गाडीमाथि तोडफोड भएको हो । तोडफोडबाट गाडीका सिसाहरू फुटेका छन् । कसले यस्तो तोडफोड गर्यो भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।
फ्रेन्डशिप क्लब अगाडी राखेको पार्किङ्गका लागि राखिएको बा १३ च ५४९१ नम्बरको शेर्पाको रातो रङ्ग कारमाथि पछाडि सिसामा बढी क्षति पुगेको जनाइएको छ । सँगै रहेको अर्को गाडीमाथि तोडफोड भएको छ ।
मौन अवधि चलिरहेको बेला अज्ञात समूहले राजनीतिक प्रतिसोध राखेर गाडीमा आक्रमण गरिएको हुन सक्ने आशङ्का गरिएको छ ।
घटनाको भ्रत्सर्ना गर्दै लामाले चाँडोभन्दा चाँडो दोषीको पहिचान गरी कारबाहीको माग गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।