शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पैसा बाँडेको आरोपमा काठमाडौंमा एमालेका प्रदेश उम्मेदवार निरौलासहित ३ जना समातिए


  • शुक्रबार, मंसिर २ २०७९
5.6K
SHARES

काठमाडौँ । मौन अवधीमा पैसा बाँडेको आरोपमा काठमाडौं क्षेत्र नम्वर ५ ९२० का प्रदेशसभा सदस्यका एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुढानीलकण्ठ नगरपालिका वडा नम्वर ६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरी बोलाई शुक्रबार बेलुका जिम्मा लगाएका हुन् ।

निरौलासहित एमालेका बुढानीलकण्ठ नगर अध्यक्ष प्रदीप डंगोल र ६ नम्बर वडाका अध्यक्ष रवि खड्कालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले भने स्थानीयको भीडले घेरा हालेपछि उद्धार गरी सुरक्षामा राखिएको दाबी गरेको छ । प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले भीडले घेरा हालेपछि दुई जनालाई उद्धार गरी प्रहरीको सुरक्षामा राखिएको जनाएका छन् । डीआईजी राईले भने, ‘भीडले दुई जनामाथि पैसा बाँडेको आरोप लगाएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ ।’

अहिलेसम्म पैसा भने बरामद नभएको प्रहरीले जनाएको छ ।

उम्मेदवार निरौलाले आफू क्यान्सरका बिरामीलाई भेट्न गएको बेला पछ्याउँदै आएका केही व्यक्तिले निराधार आरोप लगाएको भन्दै प्रमाण ल्याउन चुनौती दिएका छन् । उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘म क्यान्सर रोगबाट लामो समयदेखि पीडित बिरामी तोक्मान लामासँग कुराकानी गरिररहँदा अनावश्यक कुरा निकाली समाज आतंकित पार्ने कार्य नगरेको राम्रो हुन्छ । म राजनीतिक प्राणी हुँ । गैरराजनीतिक काम मेरो आदर्श हैन । मेरो चुनौती छ, मित्रहरु आरोप पुष्टि गर्नुस् । बरामद केही छ भने सप्रमाण आउनुस् ।’

प्रहरीले निरौलालगायतलाई बुढानीलकण्ठ प्रभागमा राखिएको जनाएको छ । स्थानीयहरूले भने उनको उम्मेदवारी खारेजीको माग गर्दै प्रभाग परिसरमा नाराबाजी गरिरहेका छन् ।
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीबार रातिदेखि नै मौन अवधि जारी छ । निर्वाचन आचारसंहिताअनुसार यस अवधिमा कुनै दल र उम्मेदवारको प्रचारप्रसार गर्न पाइँदैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा