शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

विष्णुभक्तलाई जिताएर पठाउनुस्, मन्त्री बनाउने जिम्मा पार्टीको भयो: इन्द्र बानियाँ


  • मंगलबार, कार्तिक २९ २०७९
12.3K
SHARES

फाइल तस्विर

काठमाडाैँ । राजनीतिक दलहरू यति बेला घर दैलोमा व्यस्त छन् । काठमाडौँ क्षेत्र नं ६ मा मतदाता रिझाउनका लागि आफ्ना भावी योजनासहित प्रदेश सांसदका उम्मेदवार विष्णुभक्त तिमल्सिना पनि त्यही दौडाहामा छन् । विकास र सुशासनको एजेण्डामा सधैँ अडिग विष्णुभक्त मतदातामा लोकप्रिय अनुहार हुन् ।

सादगी जीवन बिताएर जनताको सेवामा समर्पित विष्णुभक्तले यति बेला आफूलाई संसदीय यात्राका लागि मतदान गरेर बाटो खोलिदिन मतदाता समक्ष अपिल गरेका छन् । नागरिकको सेवामा रति भर कन्ज्युसाई नगर्ने उनको अबको लक्ष्य विकास र समृद्धिसहित जनताको आवाज सदनमा मुखरित गर्नेमा छ । विष्णुभक्त युवा भए पनि राजनीतिमा खारिएका नेता हुन्। मुलुकमा लोकतन्त्रको लागि बहस छेडिदा सडकको अग्र मोर्चामा देखिने उनी अहिले पनि किसान र मजदुरको समस्या प्रति उतिकै जानकार छन् ।

युवा अवस्था देखिनै यही भूगोलमा घुलिमिल भएकाले समस्या र चुनौतीको सामना गर्न सक्ने ताकत आफूमा रहेको उनको भनाई छ । झोरको घरदैलोमा रहेका तिमल्सिनाले अबको केही दिन आफ्ना लागि खटिदिन मतदातालाई अपिल गरेका छन् । त्यसपछिको पाँच वर्ष जनताको सेवामा खट्ने प्रतिबद्धता व्यक्त गरेका तिमल्सिनालाई धेरेले साथ दिएका छन् ।उनको चुनावी घरदैलो लाई पच्छ्याउँदै गर्दा एक जना लामिछाने बस्तीका मतदाता भन्दै थिए । हजुर भूगोल बुझेको जनताको लागि केही गर्न सक्ने मान्छे हो त्यसैले ढुक्क हुनुस् ।

जनताको समस्यालाई डायरीमा नोट गरेर मनका बुनेका विष्णुभक्तले निर्वाचित भएपछि सबैका समस्यालाई साझा रूपमा अगाडि लाने बताएका छन् । उनीसँगै मत माग्न हिँडेका सङ्घका उम्मेदवार भिमसने दास प्रधान आफू ह्याट्रिक गर्न मात्रै हैन, आफ्ना दुई सांसदलाई सँगै जिताएर गला हाली अगाडी लाने सोचमा छन् । यति बेला उनले मतदातालाई भन्दै हिँडेका छन् । विष्णुभक्तलाई जिताएर पठाउनुस् मन्त्री बनाउने जिम्मा मेरो भो । उ मन्त्री भएर मात्रै तपाईँको घर आँगनमा फर्कन्छ । भीमसेन दासले मात्र हैन, काँग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ पनि विष्णुभक्तलाई मन्त्री बनाउने लाइनमा छन् । मुख्यमन्त्रीको दाबेदार बानियाँ यति बेला मकवानपुरमा छन् । बानियाँले चुनावी मैदानबाटै क्षेत्र नम्बर ६ का युवापंतिसँग भर्चुअल संवादमा तिमल्सिनालाई मन्त्री बनाएर पठाउने प्रतिबद्धता जनाएको युवा नेता लक्ष्मीराज भण्डारीले बताए ।

डा. स्वर्णिम वाग्ले पनि विष्णुभक्तलाई जिताउनका लागि क्षेत्र नं ६ को लोकतान्त्रिक चोकमा मङ्सिर १ गते दिउसो १ बजे हुने आमसभामा सरिक हुँदै छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा