सोमबार, माघ २३ २०७९
ताजा अपडेट

टेलिकमले ल्यायो अर्को गजबको अफर, आजै गर्नुहोस् यसरी सदुपयोग !


  • KTM Khabar
  • आइतबार, कार्तिक २७ २०७९
1.4K
SHARES

फाइल तस्विर

काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ ।

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ ।

यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यो अफर कात्तिक २७ देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा