शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

शानमा रक्तदान कार्यक्रम सम्पन्न (तस्बिरसहित)


  • शनिबार, कार्तिक २६ २०७९
10.8K
SHARES

काठमाडौँ । भत्केको पुल, हाडिगाउँमा रहेको शान इन्टरनेशनल कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा: पुच, लायन्स क्लब अफ काठमाडौँ नारायणथान, लियो क्लब अफ काठमाडौँ क्रिएटिभ र शानको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

शुक्रवार दिनैभर जसो रक्तदान कार्यक्रम चलेको थियो । स्थानीय व्यक्ति, सामाजिक व्यक्तित्वलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रम बिहान १०ः३० देखि दिउसो २ बजेसम्म चलेको थियो ।

‘रक्तदान कार्यक्रम सोचे अनुरूप नै सफल भएको छ ।’ नेवा: पुचका चार्टर प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयन) भन्छन्, ‘धेरै दाताहरू रक्तदानका लागि आउनु भएको थियो । विभिन्न स्वास्थ्य समस्याका कारण सबैले दिन पाउनु भएन । जसमध्ये २५ जनाले रक्तदान गर्नु भयो । विशुद्ध सामाजिक कार्य गरौँ भनेर कान्तिपुर हस्पिटलसँगको सहकार्यमा कार्यक्रमको आयोजना गरेका हौँ । यस कार्यलाई बुझी हामीले निमन्त्रणा गरेका अधिकांश व्यक्तिहरूले कार्यक्रममा सहभागिता जनाउनु भयो । यसका लागि सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछु ।’

कार्यक्रममा डिस्ट्रिक्ट गभर्नर विष्णुभाई श्रेष्ठ, नेपाली कांग्रेसका क्षेत्रीय सचिव दामोदर (बद्री) भट्टराई, नेपाली कांग्रेस नगर सचिव विजेन्द्र श्रेष्ठ, लियो लिडर मिलन शाही लगायतको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा