मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

लियो क्लब अफ काठमाडौँ क्रिएटिभको ओरेन्टेशन कार्यक्रम सम्पन्न


  • KTM Khabar
  • बुधबार, कार्तिक २३ २०७९
1.7K
SHARES

काठमाडौँ । लियो क्लब अफ काठमाडौँ क्रिएटिभको ओरेन्टेशन कार्यक्रम सम्पन्न भएको छ । कात्तिक १९ गते एक कार्यक्रमकाबिच ओरेन्टेशन सम्पन्न गरेको हो ।

क्लबका अध्यक्ष निशान्त रिजालको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा क्लबमा आबद्ध ३२ जनालाई ओरेन्ट गरिएको थियो । प्रमुख वक्ताको रूपमा लियो मिलन शाही रहेका थिए ।

कार्यक्रममा लियोमा आबद्ध रहेर गरिने कार्यका विषयमा चर्चा गरिएको थियो । भने उक्त कार्यक्रममा लियो डिस्ट्रिक्ट प्रेसिडेन्ट विजय श्रेष्ठ, लायन लिडर श्रीकृष्ण श्रेष्ठ (आयन), लियो रोजन श्रेष्ठ, लियो मनिष श्रेष्ठ, लियो पल्पसा श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

‘कार्यक्रम सभ्य, भव्य रूपमा सम्पन्न गर्न सफल भयौँ ।’ लियो क्लबका अध्यक्ष निशान्त रिजालले भने, ‘लियो क्लबमा आबद्ध हुनु हुने नयाँ सदस्य साथीलाई पनि स्वागत गरेका छौँ । समग्र लियोमा आबद्ध हुने साथीहरूका लागि लियोको विषयमा थप जानकारी प्रदान गरौँ भनेर कार्यक्रमको आयोजना गरिएका हौँ । अपेक्षा गरे अनुसार नै कार्यक्रमलाई सम्पन्न गर्न सफल भयौँ । उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दछु ।’

शनिवार आयोजना गरिएको उक्त कार्यक्रम बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चलेको थियो । भने कार्यक्रमलाई लियो सागरिका श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा