शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

भूकम्पका घाइतेको तत्काल उद्धार गर्न गृहमन्त्रीको निर्देशन !


  • बुधबार, कार्तिक २३ २०७९
10.4K
SHARES

फाइल तस्विर

गृहमन्त्री बालकृष्ण खाणले भूकम्पमा परी घाइते भएकाको यथाशीघ्र अस्पतालसम्म पर्‍याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गएराति डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ भूकम्प गएको थियो ।

उनले घाइतेको उपचारका लागि हेलिकप्टरको व्यवस्था गर्नुपर्ने भएमा तत्काल प्रबन्ध मिलाउन निर्देशन समेत दिए । गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइते हेलिकप्टरबाट उद्धार गर्न निर्देशन दिए ।

गृहमन्त्री खाणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि जानकारी लिएका छन् । उनले भूकम्पमा परेर प्रभावित भएकालाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पनि निर्देशन दिएका छन् ।

भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ६ जना नै घाइते भएका गृहमन्त्रालयले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा