मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

मोरङमा कांग्रेसका प्रदेश सभा उम्मेदवार थापाको निधन, निर्वाचन तालिका के हुन्छ ?


  • KTM Khabar
  • बुधबार, कार्तिक २३ २०७९
1.6K
SHARES

फाइल तस्विर

मोरङ क्षेत्र नं. ३ (१) का प्रदेश सभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधन भएको छ । निमोनिया भएर उपचाररत मोरङ कांग्रेसका प्रदेश सभा उम्मेदवार थापाको निधन भएको हो ।

नेपाली कांग्रेसका उम्मेदवार थापाको निधनपछि सो क्षेत्रमा कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ । निमोनियाबाट पीडित थापाको नोबल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार, कुनै क्षेत्रमा उम्मेदवारको निधन भएमा सम्बन्धित दलले अर्को उम्मेदवार मनोनयन गर्ने सुविधा पाउनेछ । त्यसका लागि निर्वाचन तालिका केही परिमार्जन हुने तर मतदानको मिति भने नफेरिने उनले बताए ।

उनले भने, ‘अब सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले छोटो समयतालिकामा सम्बन्धित दललाई उम्मेदवार मनोनयन, दावीविरोध, फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढाउँछ ।’ पर्याप्त समय बाँकी रहेकाले मतदान हुने मंसिर ४ को मिति भने फेरबदल नहुने उनले स्पष्ट पारे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा