सोमबार, माघ २३ २०७९
ताजा अपडेट

सिनेक्षेत्रका एक्सन स्टार निखिल उप्रेती भेटिए चुनावी प्रचारमा !


  • KTM Khabar
  • मंगलबार, कार्तिक २२ २०७९
1.4K
SHARES

काठमाडौं । अभिनेता निखिल उप्रेती पनि अहिले चुनावी प्रचारमा खटिएका छन् । पछिल्लो समय अध्यात्म रोजेर फिल्म अभिनयबाट टाढा रहँदै आएका निखिल सर्लाही क्षेत्र नं. ३ का एमाले उम्मेदवार हरि प्रसाद उप्रेतीलाई भोट मागी रहेका छन् ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका उप्रेती उनका दाइ हुन् । उनी केही समययता सर्लाही नै बसेर दाइको चुनावी गतिविधिमा सहयोगी बन्दै आइरहेका छन् ।

चुनाव प्रचारको क्रममा निखिलले राम्रो काम गर्नेलाई भोट दिन आग्रह समेत गर्दै आइरहेका छन् ।

‘दाइको चुनावी अभियानमा साथ दिन म पनि हिँडेको छु । म हिँड्नुको पछाडि चुनाव मात्र होइन, मेरो अभियान पनि दर्शकसँग जोडिएको छ’ निखिलले अगाडि भन्ने गरेका छन् । ‘तपाईंहरूले फिल्म हेरिदिएकाले म निखिल उप्रेती भएको हुँ । त्यसैले मेरो बाँकी जीवन दर्शकहरूको दुःख र पीडामा मलम बन्नेछ ।’

केही अगाडिसम्म ‘अहिलेका राजनीतिक दलबाट देशको विकास सम्भव छैन’ भन्दै अभिव्यक्ति दिने निखिल २०७८ सालमा देवप्रकाश त्रिपाठीको संयोजकत्वमा गठन भएको एकीकृत शक्ति नेपालमा पनि लागेका थिए ।

अहिले यो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका लागि विभिन्न क्षेत्रमा उम्मेदवार उठाएको छ । तर, उनी भने एकीकृत शक्ति नेपालका उम्मेदवारलाई सहयोग र समर्थन नगरेर एमालेबाट उठेका दाइलाई जिताउने अभियानमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा