आइतबार, माघ २२ २०७९
ताजा अपडेट

फेरी घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?


  • KTM Khabar
  • मंगलबार, कार्तिक २२ २०७९
4.2K
SHARES

फाइल तस्विर

काठमाडौं । सुनको मूल्यमा तोलको तीन सय रूपैयाँ गिरावट आएको छ। सोमबार ९४ हजार ३ सय रूपैयाँ प्रतितोला कारोबार भएको सुनको मूल्य मंगलबार ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलको ९३ हजार ५ सय रूपैयाँ कायम हुँदा चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २६५ रूपैयाँमा किनबेच हुनेछ।

डलरको मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो। सोमबार अमेरिकी डलरको खरिददर १३१ रूपैयाँ ६१ पैसा र बिक्रीदर १३२ रूपैयाँ २१ पैसा तोकिएको थियो।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १३० रुपैयाँ ५८ पैसा र बिक्रीमा १३१ रुपैयाँ १८ पैसा पाइन्छ। युरोको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको हो। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १४९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५० रुपैयाँ ४२ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रुपैयाँ ५२ पैसा र बिक्रीमा ८४ रुपैयाँ ९१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९३ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३४ रुपैयाँ ९६ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा मंगलबार २७ रुपैयाँ ५९ पैसा र बिक्रीमा २७ रुपैयाँ ७२ पैसा पाइन्छ।

मंगलबार कुवेती दिनार एकको खरिदमा ४२२ रुपैयाँ ४६ पैसा र बिक्रीमा ४२४ रुपैयाँ ४० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ४७ पैसा तोकिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा