शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

शुक्रबार सार्वजनिक बिदा !


  • बिहिबार, कार्तिक १७ २०७९
164.7K
SHARES

फाइल तस्विर

काठमाडौँ । शुक्रबार सार्वजनिक बिदा गरिएको छ । यो समाचार हो काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको ।

बूढानीलकण्ठ नगरपालिकाले नगरपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कात्तिक १५ गते बसेको नगर कार्यपालिका बैठकले बिदा दिने निर्णय गरेको हो ।
हरिबोधनी एकादशी मेलाका कारण शुक्रवार एक दिनका लागि बिदा गर्ने निर्णय गरिएको सूचनामा उल्लेख गरिएको छ ।

शुक्रवार एक दिनका लागि नगरपालिका कार्यालय, वडा कार्यालय र सामुदायिक तथा निजी शैक्षिक संस्थाहरूमा स्थानीय पर्व बिदा दिने निर्णय गरिएको जनाइएको छ ।

हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरु मध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान बिष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसि भगवान विष्णुको आराधना गरिन्छ ।

आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास रहेको छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कार्त्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।

भविष्योत्तर पुराणका अनुसार अन्य एकादशीमा भन्दा हरिबोधनी एकादशीको दिनमा गरिने विष्णु भगवानको उपासना धेरै फलदायी हुने कुरा उल्लेख गरिएको छ । यसै अनुसार हिन्दू धर्माबलम्बीहरुले बिहानै नुवाईधुवाई गरि ब्रत बसेर भगवान विष्णुको पूजाआराधना गर्ने गरिन्छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानिलकण्ठ लगाएत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा