बीबीसी – सिंगो भारतको ध्यान खिच्ने गरी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय नोटमा हिन्दु देवता गणेश र लक्ष्मीको तस्बिर राख्न प्रस्वाव अगाडी सारेका छन् । शुक्रबार ट्वीटरमा एक पत्र सार्वजनिक गर्दै केजरीवालले प्रधानमन्त्री मोदीसँग यस्तो प्रस्वाव अगाडी सारेका हुन् ।
केजरीवालले उक्त पत्रमा लेखेका छन्, ‘देशका १३० करोड जनता चाहन्छन् कि भारतीय मुद्रामा एकातर्फ गान्धीजी र अर्कोतर्फ श्री गणेशजी र लक्ष्मीजीको तस्बिर होस् । आज देशको अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थाबाट गुज्रिरहेको छ ।’
उनले अगाडि लेखेका छन्, ‘स्वतन्त्रताको ७५ वर्ष बितिसक्दा पनि भारतलाई विकासशील र गरिब राष्ट्रमा गनिन्छ । हाम्रो देशमा आज पनि धेरै गरिब छन् । किन रु एकातिर हामी सबै देशवासीले कडा परिश्रम गर्नुपर्छ भने अर्कोतिर हाम्रो प्रयास फलदायी होस् भनेर भगवानको आशीर्वाद पनि चाहिन्छ । सही नीति, मिहिनेत र ईश्वरको आशीर्वाद यिनको संगमबाट मात्रै देशको उन्नति हुनेछ ।’
अरविन्द केजरीवालले दुई दिनअघि पत्रकार सम्मेलन गरेर यो मुद्दा उठाएका थिए । उनले यो पनि भनेका थिए कि जब विश्वको सबैभन्दा ठुलो मुस्लिम देश इन्डोनेसियाले आफ्नो नोटमा गणेशजीको तस्बिर राख्न सक्छ भने भारतले किन नगर्ने ?
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।