काठमाडौँ । नेकपा (एमाले) बाट निर्वाचनमा टिकट नपाएपछि पत्रकार सम्मेलन नै गरेर पार्टी नेतृत्वमाथि चर्को आलोचना गरेका एमालेका नेता भिम रावल बिस्तारै बिस्तारै पार्टीको लाइनमा आएका छन् । एमाले विरुद्ध भएको पाँच दलीय गठबन्धनलाई नेता रावलले स्वादिलो जवाफ दिएका छन् ।
गठबन्धनको चुनावी सभामा काँग्रेसले लाल सलाम गर्ने माओवादीले जय नेपाल गर्ने जस्ता दृश्यहरू देखिन थाले पछि एमाले नेता रावलले गठबन्धनका नेताहरूलाई मुखभरिको जवाफ दिएका छन् । सिद्धान्त सबै बिर्सिएर चुनाव जित्नैका लागी गरिएको यस्तो खाले हर्कतलाई उनले कडा शब्दमा भर्त्सना गरेका छन् ।
गठबन्धनलाई रावलले स्वादिलो दनक दिए पछि देशभरका एमाले कार्यकर्ताहरू उनी सँग खुसी देखिएका छन् । प्रचण्ड , देउवा र माधव नेपालहरूले चुनाव जित्नैका लागी गरेको लज्जास्पद हर्कतकलाई एमाले नेता रावलले लाजले पानी पानी हुने गरी जवाफ दिएका छन् ।
रावलले सत्ता गठबन्धनका दलले सिद्धान्त, आदर्शलाई तिलाञ्जली दिएर नेपाली राजनीतिलाई विकृत बनाएको आरोप लगाएका छन्। मङ्सिर ४ को चुनावमा समेत तालमेल गर्ने निर्णय गरेका पाँच दलीय गठबन्धनविरुद्ध रावलले आक्रोश पोखेका हुन।
रावलले शुक्रवार साँझ सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकाको जय नेपाल माओवादीको र माओवादीको लाल सलाम नेकाको तथा गठबन्धनका सबै दल एउटै डुङ्गामा भन्नु नै सिद्धान्त, आदर्शलाई तिलाञ्जली दिएर नेपाली राजनीतिलाई सत्ता र पद स्वार्थमा केन्द्रित गरी विकृत तुल्याउनु हो ।’
काँग्रेसको चार तारे झन्डा मुनी बसेर प्रचण्डले जय नेपाल भन्ने र कम्युनिस्टको झन्डा मुनी बसेर शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरूले लाल सलाम भन्ने दृश्यहरू अहिले दिनहुँ देखिँदै गएको छ । राजनीतिमा विकृतिको भद्दा नमुना यो भन्दा अरू नहुने भन्दै विश्लेषकहरूले चर्को आलोचना गरिरहेका छन् ।