शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेवा: पुचले गर्यो शुभकामना आदानप्रदान तथा निःशुल्क आँखा शिविर कार्यक्रम (तस्बिरसहित)


  • मंगलबार, कार्तिक ८ २०७९
10.3K
SHARES

काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल ३२५ डी अन्तर्गत रहेको लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा: पुचले शुभकामना आदान प्रदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको छ । शनिवार लियो क्लब काठमाडौँ क्रियटिभसंगको सहकार्यमा उक्त कार्यक्रम गरेको हो ।

चुनिखेलमा रहेको रिभर साइड पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख अतिथिको रूपमा गगन कुमार थापालाई आमन्त्रण गरिएको थियो । भने कार्यक्रममा एकीकृत समाजवादीका नेता कुसुम कार्की, बालकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका नेता न्हुच्छे नारायण श्रेष्ठ, माओवादी केन्द्रका नेता राजेन्द्र श्रेष्ठ, युवा नेता ध्रुवराज न्यौपाने, डा. सुवास घिमिरे, दीपक गुरुङ, बिजेन्द्र श्रेष्ठ, बिजेन्द्र पुडासैनी एवम् लायन्स लिडर विष्णुभाई श्रेष्ठ, रमेश लामा, सुरेन्द्र बले लगायतको उपस्थिति रहेको थियो ।

नेपालीहरूको दोस्रो महान् पर्व तिहारको अवसरमा भेटघाट तथा शुभकामना आदान प्रदान होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेवा: पुचका चार्टर प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयान) ले बताए । उनले भने, ‘समाजसँग जोडिएर नेवा: पुचले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको छ । विशेष गरी शिक्षाबाट कोही वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ असहाय नानीबाबुहरूका लागि नेवा: पुचको तर्फबाट छात्रवृत्ति प्रदान गरिरहेका छौँ । त्यसै गरी आवश्यकताका आधारमा विभिन्न व्यक्तिहरूलाई आर्थिक, भौतिक सहयोग गर्दै अगाडी बढिरहेका छौँ । समाजका लागि हाम्रो तर्फबाट पनि केही योगदान रहोस् भन्ने चाहना हो ।’

‘चुनिखेलवासीलाई लक्षित गरेर शुभकामना आदान प्रदानसँगै सोही दिन निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना गर्न सफल भएका छौँ ।’ श्रेष्ठ भन्छन्, ‘आँखा शिविरबाट लगभग ५० जनाले आँखा चेकजाँच गर्नु भयो । केही व्यक्तिहरूलाई आवश्यक औषधि पनि उपलब्ध गराएका छौँ । ओभरल कार्यक्रम राम्रो भएको छ । निमन्त्रणा गरिएका मध्य धेरै व्यक्तित्वहरूले कार्यक्रम तथा शिविरमा सहभागिता जनाउनु भयो । सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।’

लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा: पुचका प्रेसिडेन्ट तथा नेकपा (माओवादी केन्द्र) बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष भाइनारायण श्रेष्ठले सभापतित्व गरेका उक्त कार्यक्रम बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म चलेको थियो ।

तस्विरः केटिएम खबर


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा