काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट बनेको शेर बहादुर देउवा नेतृत्वको सरकारले तोकेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति आउन अब एक महिना भन्दा पनि कम समय भएको अवस्थामा चुनावी संग्राम झनै पेचिलो बन्दै आएको छ ।
उम्मेदवारहरुले परिणामलाई आफ्नो पक्षमा पार्नका लागी हर सम्भव प्रयास गरिरहेका छन् । एकातिर पाँचदलीय गठबन्धन र अर्को तिर केहि ठाउँमा तालमेल गरे पनि प्रमुख प्रतिपीक्षी दल नेकपा एमाले आम रुपमा एक्लै चुनावी मैदानमा उत्रिएको छ। स्वतन्त्र उम्मेदवारहरु पनी उसै गरि चुनाबी गतिविधिहरुमा जुटेका छन् ।
स्थानिय तहको निर्वाचनमा काठमाडौँ, धरान , धनगढी जस्ता महत्वपुर्ण स्थानहरुमा स्वतन्त्र उम्मेदवारहरुले सानदार जित हासिल गरे पछि त्यसको साइड इफेक्ट प्रतिनिधीसभाको निर्वाचनमा पनि देखिएको छ । देशैभरीबाट स्वतन्त्र उम्मेदवारी उल्लेख्य मात्रामा परेको छ ।
यस्तै, यस पटक काठमाडौँको क्षेत्र नम्बर ४ को चुनावी माहोल पनि निकै रोचक बन्ने देखिएको छ । नेपाली काग्रेसका महामन्त्री गगन थापाले लगातार दुई पटक जितेको यो क्षेत्र यस पटक कसले बाजी मार्ने हो भन्ने चर्चा र विभिन्न अड्कलबाजीहरु चलिरहेका छन् ।
नेपाली काग्रेसबाट गगन थापा र नेकपा एमालेबाट डा. राजन भट्टराई प्रतिष्पर्धामा छन् । उनीहरु दूई जनालाई मुख्य प्रतिष्पर्धीको रुपमा चर्चा गरिए पनि परिणाम फरक आउन सक्ने चर्चा पनि चल्न थालेको छ । स्वतन्त्र उमेदवारहरुले पनी जमेर माहोल आफ्नो पक्षमा पार्न थालेका छन् । क्रस खुकुरी चिन्ह लिएर उठेका स्वतन्त्र उमेदवार अजुर्न प्रसाईले काठमाडौँ ४ बाट आफुले चुनाव जित्ने ठोकुवा गरेका छन् ।
एमसीसी, नागरिकता विद्ययेक लगायतका विषयमा खरो आलोचना गरेर चर्चामा आएका प्रसाईले सानादार चुनाव जितेर देखाउने दाबी गरेका छन् । प्रसाईले ५० हजार भोट ल्याएर चुनाव जित्ने दाबी गरेका छन् ।
स्वतन्त्र उमेदवार प्रसाईले आफ्नो जित सुनिश्चित रहेको बताएका छन् । अहिले नपत्याउनेहरुले मतगणना सुरु भए पछि जिब्रो टोक्ने भन्दै उनले जनतामा आफ्नो एजेण्डा राम्रो सँग पुगिरहेको र पुराना दल प्रति जनतामा दिक्दारी रहेको भनेका छन्।
आफुले राष्ट्रिय स्वाभिमानको पक्षमा बोलेको कुरानै आफ्नो जितको आधार रहेको भन्दै प्रसाइले जनताको मत र मन दुवै जित्ने दाबी गरे । पटक पटक चुनाव जितेर सांसद भएका गगन थापाले अहिले सम्म के गरे भनेर पनी प्रसाईले प्रश्न गरेका छन् ।
गगन थापाले प्रधानमन्त्री बन्छु भनेर भोट मागीरहेको बिषयमा प्रसाइले अरु कुरा केहि नभए पछि यो उनको फण्डा मात्रै भएको जिकिर गरे । नेपाली काग्रेसले कसरी बनाउछ उनलाई प्रधानमन्त्री ? पार्टीले गरेको निर्णय ल्याउन सक्छन् ? ल्याए भने अनी म बहस गरौँला प्रसाइले भने ।
प्रसाइले काग्रेस उम्मेदवार प्रसाई र एमाले उम्मेदवार राजन भट्टराईलाई लाइभ डिभेटका लागी पनि चुनौति दिएका छन् । के हुन् उनीहरुका एजेण्डा लाइभ डिबेट गर्न म तयार छु प्रसाइले भनेका छन् । गगन थापालाई यस पटक जसरी पनि रोक्नु पर्ने उनले भनेका छन् ।
गगन थापाले चुनाव जितेर गएमा यो देशनै नरहन सक्ने भन्दै प्रसाइले कुनै पनि देशभक्त नागरिकले उनलाई भोट दिन नहुने बताए । अहिलेका नागरिक धेरै सचेत रहेको भन्दै प्रसाइले नागरिकको चेतास्तर धेरै माथी उठीसकेकाले कसैले भ्रममा पार्न नसक्ने दाबी गरे ।