मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

तिहारकै मुखमा सरकारले लगायो यी सामानमा पूर्ण प्रतिबन्ध, नमाने १ लाखसम्मको हुन्छ जरिवाना ! (हेर्नुस् सूचनासहित)


  • KTM Khabar
  • बिहिबार, कार्तिक ३ २०७९
1.7K
SHARES

फाइल तस्विर

काठमाडाैँ । सरकारले प्लास्टिकबाट बनेका फूलगुच्छा, मालालगायत उत्पादन, आयात, बिक्री वितरण र भण्डारणमा प्रतिवन्ध लगाएको छ। प्लास्टिकजन्य फूलगुच्छा बिक्री वितरण गरेको पाइएमा १ लाखसम्म जरिवाना लगाइने पनि वन तथा वातावरण मन्त्रालयले चेतावनी दिएको छ।

गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले आज जारी गरेको सूचनामा उल्लेख छ।

तिहार र छठजस्ता चाडपर्वहरूमा यस्ता प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको प्रयोग नगर्न र सरकारको निर्णयविपरीत कसैले प्रयोग गरेको वा बिक्री वितरण गरेको पाइएमा वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रूपैंयासम्म जरिवाना हुने र विभागबाट १ लाखसम्मको जरिवाना हुनेसमेत मन्त्रालयले जनाएको छ।

वातावरणमै असर पुग्ने भएकाले पनि यस्तो वस्तुको उत्पादन, विक्रीवितरण र आयातमा प्रतिवन्ध लगाउनु परेको हो । यता प्लास्टिकजन्य वस्तुको उत्पादन र विक्री वितरण गरिरहेका उद्योगीहरु भने सरकारको यो निर्णयले अप्ठ्यारोमा पारेको बताउँछन् ।

सरकारले धेरै पहिलेदेखि नै प्लास्टिकजन्य वस्तु, ४० माईक्रोनभन्दा पातलो प्लास्टिकको झोला पनि प्रयोग, विक्री वितरण, आयात र उत्पादनसमेत गर्न नपाईने व्यवस्था गरेपनि त्यसको सफल कार्यान्वयन भएको थिएन । सरकारले प्लास्टिकका झोला उत्पादन गरिरहेका उत्पादककर्ताहरुसँगको समन्वयमा उनिहरुलाई केहि छुट दिनेगरी उक्त नीति ल्याएपनि त्यसको सफल कार्यान्वयन भएको थिएन ।

सोही अनुसार सरकारले यसपल्ट प्लास्टिकका फूलगच्छा आयात र विक्री वितरणमा रोक लगाएको निर्णय गरेपछि व्यवसायी र उत्पादकहरु मर्कामा परेको नेपाल प्लास्टिक उत्पादक संघका अध्यक्ष सरद शर्मा बताउँछन् । उनका अनुसार वातावरणमा प्लास्टिकले मात्रै असर नपारेपनि सरकारले भने प्लास्टिक उद्योगीलाई नै मर्का पर्नेगरी निर्णय गरिदिने गरेको छ । ‘यस्तो निर्णय गर्दा प्लास्टिक उद्योगी र आयातकर्ताहरुलाई विकल्पका उपाय दिएर गर्नुपर्ने थियो,’ उनले भने, ‘सिधै निर्णय गरिदिँदा हाम्रा उद्योगहरु बन्द गर्नुपर्ने अवस्था आएको छ ।’

सरकारले प्लास्टिक उद्योगीहरुलाई ४० माईक्रोनभन्दा पातलो झोला बनाउने मेशिन प्रतिश्थापनका लागि अर्काे मेशिनमा कर छुट दिनेलगायतका निर्णय पनि गरिसकेको छ । त्यसको कार्यान्वयनको कमी का कारण न उद्योगीले कम मूल्यमा मेशिन पाए न प्लास्टिक झोलाको प्रयोगमा कमी आयो । तर, नेपालले वैध आयात प्रतिवन्ध लगाएपनि अवैदे आयात हुने यस्तो वस्तुहरुको विक्री वितरणमा भने रोक लगाउनुपर्ने स्वदेशी उत्पादनकर्ताहरुको माग छ ।

संघका अध्यक्ष शर्माका अनुसार नेपाल र भारतबीच खुल्ला सिमाना भएकै कारण अवैध बाटोबाट पनि यस्ता सामग्री आउने गरेका छन् । यी सामग्रीमा समेत प्रतिवन्ध लगाएमात्रै वन तथा वातावरण मन्त्रालयको उक्त निर्णय प्रभावकारी रुपमा कार्यान्वयन हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा