शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेवा: पुच र काठमाडौँ क्रियटिभ टिमले गर्यो नवपुर पोखरीको सरसफाइ (तस्बिरसहित)


  • सोमबार, असोज ३१ २०७९
12K
SHARES

काठमाडौँ । लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा: पुच र लियो क्लब अफ काठमाडौँ क्रियटिभ टिमले संयुक्त रूपमा सरसफाइ कार्यक्रम गरेको छ । शनिवार चुनिखेलवासीसहितको सहभागितामा टुपेकमा रहेको नवपुर पोखरी सरसफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रम शनिवार दिनभर नै चलेको थियो । स्थानीयसहित नेवा: पुच र काठमाडौँ क्रियटिभका २७ भन्दा बढी युवाहरू उक्त कार्यमा जुटेका थिए ।

पोखरीमा रहेको पानीको सरसफाइ, आसपासको सरसफाइ र बुद्ध मन्दिरमा रङ्ग लगाइएको छ ।

सरसफाइका लागि द्धय क्लबमा आबद्ध सदस्य तथा स्थानीय युवा अभियान्ताहरुले सहयोग गरेका थिए । लगभग ३० हजार बराबरको खर्चमा सरसफाइ कार्यक्रम सम्पन्न भएको काठमाडौँ क्रियटिभका अध्यक्ष निशान्त रिजालले जनाए ।

सरसफाइ कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष एवं नेवा: पुचका प्रेसिडेन्ट भाइनारायण श्रेष्ठ, नेपाली कांग्रेस बूढानीलकण्ठ नगर समितिका सचिव बिजेन्द्र श्रेष्ठ, वडा नम्बर १३ का वडा सदस्य श्याम श्रेष्ठ, लायन लिडर विष्णु भाइ श्रेष्ठ, राजन श्रेष्ठ, लियो लिडर मिलन शाही लगायतको उपस्थिति रहेको थियो ।

‘लामो समयदेखि अव्यवस्थित र फोहोर बनेको पोखरीले अन्ततः मुहार फेरेको छ’, नेवा: पुचका चार्टर प्रेसिडेन्ट श्रीकृष्ण श्रेष्ठ (आयन) ले बताए ।

श्रेष्ठ भन्छन्, ‘वडाको पहिचानसंग जोडिएको ऐतिहासिक स्थल नवपुर पोखरीमा राजनीतिक जसको केन्द्र बन्यो तर पोखरीको सरसफाइदेखि यसको व्यवस्थापनमा देखिने कुनै पनि कार्य हुन सकेको छैन । जसका कारण पनि आफ्नो ठाउँका लागि केही गरौँ भन्ने सोच र स्थानीय जनप्रतिनिधिको ध्यान जाहोस् भन्नका लागि जनस्तरबाटै सरसफाइ कार्यक्रम गरिएको हो । आशा छ यस कार्यबाट राजनीतिक जस हैन चुनिखेलको पहिचानसंग जोडिएको यस पोखरीको मुहार फेर्न वास्तवमै सबै ध्यान जानेछ ।’

सामाजिक कार्यमा समर्पित रहेको बूढानीलकण्ठ नेवा: पुचले कोरोना कहरदेखि आर्थिक अभावमा पढ्न नपाएका विद्यार्थीहरूलाई छात्रवृत्ति दिनेसम्मको कार्य गर्दै आएको छ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा