धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको एउटै घोषणाले चौतर्फी प्रशंसा बटुलेको छ । उनले गरेको घोषणालाई एकदमै राम्रो भन्दै निकैनै तारिफ भइरहेको छ ।
काठमाडौँ महानगरपालिकाले फुटपाथमा सामान बेचेर गुजार चलाउदै आएकी शर्मिला तामाङको गाडा लछारपछार गरेर फुटाइदिएको भिडियो सामाजिक संजालमा भाइरल भए पछि पीडीत शर्मिलालाई एक महिनाको तलब दिने घोषणा साम्पाङले गरेका छन् ।
शर्मिलाको हृदयविधारक रुवाई अहिले सामाजिक संजालमा भाइरल भएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरुले कुनै मानवियता समेत नदेखाइ लछार पछार गरेर गाडा फुटाइदिए पछि बालेनको चर्को आलोचना भइरहेको छ । धरानका मेयर साम्पाङले भने पीडीत महिलाको पक्षमा आफुलाई उम्भाएका छन् ।
शुक्रबार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्। ‘यी बहिनी को हुन्रु यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!,’ उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्।
साम्पाङको यस्तो घोषणा पछि उनको तारिफ चौतर्फी रुपमा चलिरहेको छ । साम्पाङले सहयोगको घोषणा गरे पछि अरु सहयोगी हातहरुले पनि शर्मिलालार्ई सहयोग गर्छु भन्दै प्रतिवद्धता व्यक्त गरेका छन् । बालेनको भने आलोचना चुलिएको छ ।
केहि दिन अघि मात्रै लण्डन पबमा पुगेर श्रीमती सहित नाचेका बालेनलाई सामाजिक संजाल प्रयोगकर्ताहरुले प्रश्नै प्रश्न गरेका छन् । आफु श्रीमती सहित कल्वमा गएर नाच्ने गरिबको यस्तो हालत बनाउने ? भन्दै बालेनमाथी उनका समर्थकहरु खनिएका छन् ।
यस बिषयमा बालेनले भने केहि बोलेका छैनन् । जसले जे सुकै भने पनि फुटपाथ व्यापारलाई हटाएरै छोड्ने भन्दै उनी अघि बढेका छन् । फुटपाथ हटाउने कुरा बारे बालेनले यस अघिनै भावनाले मात्रै केही नहुने भन्दै नरोकिने प्रष्ट संकेत गरिसकेका छन् ।