तिन पटक सांसद हुँदा गगनले के गरे ? एमसिसि पास गर्ने नाइके हुन ! यस्ता केही विषयहरूको कर्मकाण्डी उठान गरेर राजनैतिक वृत्तका एक सम्भावनालाई तेजबोध गर्ने प्रयास गर्नेहरू समाजका समस्या हुन । परिवर्तनका बाधक हुन या दलिय दासत्वमा रमाउने शक्ति हुन । यसमा सोच्नु पर्ने विषय छैन ।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि भिम रावलसम्म अनि महेश बस्नेतदेखि बजारमा चर्चाका लागि मनपरी बोल्ने अभियन्ता भनिनेहरू सम्म एकै लाइनमा छ । गगन लाई गाली चर्चाका लागि शीर्षकका पात्रहरू हुन ।
शिक्षा र चेतनाको स्तरमा आफूलाई अब्बल ठान्दै नवयुवाहरूका बिचमा रिस, आवेग अनि नैरास्यता फैलाउने कार्य क्षेत्र नं ४ मा स्वतन्त्र उम्मेदवारीको हवाला भजाउँदै केबल गगन गालीमा रमाउनेहरूको अर्को फण्डा पनि राम्रै देख्न , हेर्न र सुन्न पाइन्छ ।
२०७४ सालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कपनको खेल मैदानमा गगन थापा प्रति गरेको व्यङ्ग स्मरण गर्न चाहन्छु । यहाँ कोही अर्को उम्मेदवार गाडीको अगाडी बसेर फोटो खिच्न सुहाउने मात्रै पनि छन् भनेका थिए । आज त्यही गाडीको अगाडी फोटो खिच्न मात्रै काम लाग्ने नेता एउटा सपना बनेको छ । संसदीय व्यवस्थाको एउटा ज्वलन्त उदाहरण बनेको छ । सदनको आवाजको पर्यायी बनेको छ ।
त्यसैको सिको गरेर केही प्रायोजित व्यक्ति तथा संस्थाहरू अहिले गगन विरुद्ध गाली वर्षामा रमाइरहेका छन् । केपी शर्मा ओलीका अगाडी ज्यु हजुर गरेर पदीय लुप्ततामा रमाउनेहरूलाई गगनको विद्रोह रिसको अध्याय हो । आफ्नो पार्टी भित्र न विद्रोह गर्न सक्ने न सत्य कुराको वकालत गर्न सक्ने, न पार्टी छोड्न सक्ने गलेको मानसिकता बोकेर राजनीतिमा रुमालिएकाहरु गगनको तेजबोध गराउनुमा आफ्नो सफलता ठान्दछन् ।
उग्र राष्ट्रवादको खोक्रो आदर्शमा बाँच्नेहरूका लागि गगनको सदन गर्जन पिडाको विषय भएको छ । कुनै पनि विकास प्रोजेक्टका लागि आफ्नो व्यक्तिगत स्वाभिमानलाई सदनमा व्यक्त गरिएको अभिव्यक्तिको विषयमा त्यसैलाई व्यङ्ग गरेर रमाउनेहरूका लागि गरिब देशको पिडा थाहा नभएको हुनुपर्दछ । परिश्रम र पौरख भनेको केबल अरूलाई गाली गलौच गर्नु हो भन्नेहरूका लागि राष्ट्रियता र स्वाधीनता केबल चुनावी नारा भजाउने प्रपञ्च मात्र हो भन्ने कुरा साक्षर जनताहरूलाई कसैले बुझाइरहनु पर्छ जस्तो लाग्दैन । गगन थापा सँगै सदनमा बसेका धेरै युवानेताहरुले एक पटक बोल्ने आँट सम्म पनि गरेनन्,बोली हाले पनि दलको विचारमा आफूलाई बन्धक बनाएर बोलेका हजारौँ उदाहरण छरपस्ट छन् । यस्तो समयमा गगनको विषयहरू उठान र सारमा आफूले गरेको कामको खुलेर संरक्षण गर्न सक्ने नवीन नेतृत्वका अगाडी दासत्वको आडमा जमेकाहरूका लागि पिडा हुन स्वाभाविक हो ।
नेपाली राजनीतिमा ४६ वर्षको उमेरमा प्रधानमन्त्री बन्ने उद्घोषका साथ मैदानमा उत्रिनु आफैमा चुनौती हो । ५५ वर्षको उमेरमा सक्रिय राजनीतिबाट बिदा लिने घोषणा त्यो पनि ठुलो चुनौती हो । प्रत्येक दलभित्रका पीडित आवाजहरूको मुखारीत पात्रप्रतिको व्यग केबल क्षणिक आवेग हो भन्दा फरक नपर्ला ।
दक्षिण एसियाली राजनीतिमा पारिवारिक विरासत तथा शक्ति प्राप्तिका लागि सत्तामा टिक्नेहरूका लागि मध्यम वर्गीय परिवारको एक युवाको गर्जन सहन गर्न सक्ने विषय पक्का होइन । चौतर्फी दबाब,चुनौती र घेराबन्दीका बिचमा गगन थापाले तय गरेको यात्राको सहयात्री हुनु पाउनु अथवा त्यो यात्रामा सानो मात्रै सहयोग गर्न पाउनु पनि अवसर हो । आम नागरिकमा भएको सहयोगी सोच, रचनात्मक प्रयासमा बाधा अड्चन ल्याउने अभीष्ट पुरा गर्नेहरूका लागि क्षेत्र न. ४ का जनता थप कठोर भएर निर्णय गर्ने कुरमा दुबिधा छैन । परिवर्तनको नाममा २०४६ देखी गरिएको मतदानहरूले काहा कति जनतालाई सम्बोधन गर्न सक्यो त्यो इतिहासका पानमा सुरक्षित छ । गगन थापा प्रतिको भरोसमा शतप्रतिशत सफलता नमिलेको होला, व्यक्तिगत चाहना र इच्छाहरूमा खरो उत्रन नसकेको होला तर उनका लागि र यस क्षेत्रमा नेपाली काँग्रेसका लागि प्रदान गरिएको मत खेर गएको छैन । जाने पनि छैन ।
पछिल्लो कार्यकालका सम्बन्धमा विषय उठान गर्नेहरूलाई लज्जावोध हुनुपर्ने होइन । ६०१ संविधान सभा सदस्य हुँदै २६५ सांसद सदस्यका बिचमा सामान्य नागरिकले सांसदको पहिचान दिएका गगन थापालाई मतदान नगर्ने कुनै कारण छैन । केबल कारण छ भने त्यो दल भित्रको दासत्व मात्रै हो । जनताको मतबाट निर्वाचित हुने अनि संसदमा पुगेपछि दलको मात्रै पक्षपोषण गर्ने सांसदहरू आजको आवश्यकता हो वा संसद्को रूपमा जनआवाजहरूलाई मुखरित गर्ने, राष्ट्रिय समस्याहरूको समाधानमा जुट्ने अनि सत्ता र शक्तिमा नहुँदा पनि आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक समस्याहरूमा शिर उँचो पारेर कार्य गर्ने सांसद आवश्यकता हो । यसलाई क्षेत्र नं ४ का जनताले राम्रो सँग बुझेका छन् ।