मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

प्रचण्डले आफैँलाई मत हाल्न नपाउने, कारण बन्यो यस्तो !


  • KTM Khabar
  • शुक्रबार, असोज २८ २०७९
1.7K
SHARES

फाइल तस्विर

काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफैँलाई मत हाल्न नपाउने भएका छन् । प्रचण्ड आगामी निर्वाचनका लागि गोरखा–२ बाट गठबन्धनका तर्फबाट उम्मेदवार बनेका छन् ।

यसअघि २०७४ को निर्वाचनमा गृह जिल्लाको चितवन क्षेत्र–३ बाट जित हासिल गरेका थिए । जसकारण उनको मतदाता नामावली पनि चितवनको भरतपुर महानगरपालिका वडा नं १४ मा रहेको छ ।

आगामी निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका थिए । तर अन्तिममा उनले चितवन छोडेर गोरखा–२ मा चुनाव लड्ने भएसँगै उनले आफैँले आफैँलाई मतदान गर्न नपाउने भएका हुन् ।

स्थानीय निर्वाचनका उम्मेदवारले आफ्नो मतदाता नामावली रहेको स्थानीय तहबाट मात्र उम्मेदवारी दिन पाउने प्रावधान रहेको छ । तर संघीय र प्रदेशको निर्वाचनमा उम्मेदवारले देशका जुनसुकै निर्वाचन क्षेत्रबाट निर्वाचन लड्न पाउनेछन् । जसको कारण धेरै उम्मेदवारहरुले आफैँले आफैँलाई मतदान गर्नबाट बञ्चित हुनेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा