शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

देउवा विरुद्ध उठेका सागर ढकालले चुनाव चिन्ह पाएपछि झनै चुलियो चर्चा, दिए यस्तो कडा प्रतिक्रिया !


  • बिहिबार, असोज २७ २०७९
9.5K
SHARES

फाइल तस्विर

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा विरुद्ध प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका ई. सागर ढकालले चुनाब चिन्ह पाएपछि ब्याक टु ब्याब समर्थन पाइरहेको छन् । अहिले उनको सामाजिक सञ्जालदेखि चिया चौतारीसम्ममा चाँसो बढेको छ ।

सभापति देउवाविरुद्ध उम्मेदवारी दिएका सागर ढकालले चुनाव चिह्न सुई पाएका हुन् ।
केही वर्ष अगाडि एक टेलिभिजन कार्यक्रममा शेरबहादुर देउवालाई प्रश्न गर्दा उनले हप्काई खाएका थिए । अहिले ढकालले उनै देउवाको क्षेत्रमा उम्मेदवारी दिएका हुन्।

‘मैले सोचेर नै सुई चुनाव चिह्न लिएको हुँ,’ चुनाव चिह्न पाएपछि ढकालले भने, ‘देश बिरामी छ, अब सुई लगाउनु पर्छ। देशलाई अब एक डाक्टरको खाँचो छ भनेर साङ्केतिक रूपमा उक्त चिह्न लिएको हुँ।’

उनले अब राजनीतिमा पनि सुइँको आवश्यकता रहेको बताए। ढकालले भने, ‘अब शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड लगायतका नेतालाई सुई लगाउनु प¥यो। डडेल्धुराका जनताले पनि देउवालाई सुई लगाइदिन्छन्।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा