सोमबार, माघ २३ २०७९
ताजा अपडेट

उम्मेदवारी दर्ताकै दिन सुमन सायमीमाथि आइलाग्यो फसाद, भयो यत्ति ठुलो रकम चैट !


  • KTM Khabar
  • मंगलबार, असोज २५ २०७९
2.8K
SHARES

फाइल तस्विर

काठमाडाैँ । मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनका लागी काठमाडौँ क्षेत्र नम्बर ८ बाट लौरो चिन्ह लिएर उमेदवार बनेका सुमन सायमीको उम्मेदवारी दर्ताकै दिन साँढे सात लाख रुपैया चैट भएको छ ।

बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उमेदवार बनेका सायमीले समयमै खर्च विवरण नबुझाए बापत निर्वाचन आयोगले तोके बमोजिमको जरिवाना रकम साँढे ७ लाख बुझाएर मात्रै प्रतिनिधीसभाको उम्मेदवार बन्न पाएका छन् ।

निर्वाचन आयोगले एकै दिन ३ करोड रुपैया भन्दा बढि यस्तै खालको जरिवाना रकमबाट उठाएको जानकारी दिएको छ । जरिवाना रकम महंगो भएको भन्दै पुनरावलोकनका लागी आवाज उठिरहे पनि निर्णय नभइ सकेका कारण सायमील उक्त रकम तिर्न बाध्य भएका हुन् ।

काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेका सायमीले आयोगलाई खर्चको विवरण नबुझाएवापत साढे ७ लाख रुपैयाँ बुझाउनुपरेको हो।विगतका चुनावमा भाग लिएर खर्चको विवरण नबुझाउनेहरुको नाम आयोगले हरेक निर्वाचन कार्यालयमा रेकर्ड राखेको थियो। भारी रकम जरिवाना तोकिएकाले देशभरिबाट धेरै उम्मेदवारहरुले राजकुमार बजगाईँले जस्तै मनोनयन दर्ता गर्न पाएनन्।

स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवार बनेर सायमीले राम्रो मत ल्याएका थिए । स्थानिय तहको मत परिणाम बाट हौसिएका उनी प्रतिनिधीसभाको निर्वाचनमा लौरो चिन्ह लिएर मैदानमा उत्रिएका छन् । बालेनले जितेको चिन्ह लिएरनै उनी मैदानमा उत्रिएका छन् ।

सायमीको प्रतिष्पर्धा गठबन्धनको तर्फबाट उमेदवार बनेका नेकपा एसका नेता जीवनराम श्रेष्ठ लगायतसँग हुँदै छ । सायमीलाई यस पटक सिरियस उमेदवारका रुपमा हेरिएको छ । उनले आफुलाई स्वतन्त्र उमेदवार भनेर प्रचारित गरे पनि हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह लौरौ लिएर उनी चुनावी प्रतिपष्र्धामा उत्रिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा