काठमाडाैँ । नेकपा माओवादी केन्द्रमा नगएर एमालेतिरै रहेका तर चुनावको उमेदवारी दर्ता गर्ने दिनमा अचानक धोका दिएर स्वतन्त्र उमेदवारी दिएका प्रभु शाहलाई एमाले नेता बिष्णु रिजालले मुख भरीको जवाफ दिएका छन् ।
शाहलाई घाँस भित्र लुकेको हरियो सर्प भन्दै रिजालले एक दिन त्यो सर्पले डस्नेनै थियो भनेका छन् । प्रभु शाहले एमाले छोडेर एमाले पार्टीलाई केहि फरक नपर्ने भन्दै रिजालले मद्येशमा एमालेको लहरलाई रोक्न सक्ने तागत प्रभु शाहमा नभएको जिकिर गरेका छन् ।
उमेदवारी दर्ताको कार्यक्रम सकिए पछि अब पार्टी भित्र रहेका आन्तरिक असन्तुष्टिहरुलाई बिर्सिएर एमाले जिताउने अभियानमा सबै एक ढिक्का भएर लाग्नुको विकल्प नभएको भन्दै उनले अब यस्तो बेलामा पनि पार्टी विरोधी गतिविधी गर्नेहरुलाई कुनै पनि हालतमा क्षमा दिन नसकिने बताएका छन् ।
एमाले प्रचार विभागका उपप्रमुख समेत रहेका रिजालले प्रभु शाहको बिषय देखी लिएर पछिल्लो राजनितिक घटनाक्रमलाई समेत जोडेर आफ्नो सामाजिक संजालमा यस्तो लेखेका छन्
‘सत्ताधारीहरुको घेराबन्दी र षड्यन्त्रहरुका बीचबाट त्यसलाई चिर्दै नेपाली जनताको अपार विश्वास र समर्थन प्राप्त गर्ने दृढ संकल्पका साथ नेकपा (एमाले) निर्वाचनमा होमिएको छ ।
पार्टीले टिकट वितरण गर्दा र मनोनयन दर्ता गर्दासम्मका आन्तरिक प्रतिस्पर्धाहरु अब स्वतः समाप्त भएका छन् र नेकपा (एमाले) को सिंगो पंक्ति एउटै ताल, लय र चालका साथ निर्वाचनमा होमिनुबाहेक नेकपा ९एमाले० का कुनै पनि नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकका सामु अर्को कुनै विकल्प छैन ।
अतः हाम्रो गौरवशाली पार्टी प्रतिक्रियावादीसँग वार कि पारको लडाइँमा होमिएको बेला घुक्र्याउने, धम्क्याउने, बार्गेनिङ गर्ने, निस्क्रिय रहने, नकारात्मक कुरा गर्ने, सार्वजनिक सञ्चारमाध्यममा असन्तुष्टी व्यक्त गर्ने, कार्यकर्ता भड्काउन प्रयास गर्ने जस्ता कुनै पनि क्रियाकलाप कसैका लागि पनि क्षम्य छैनन् । अतः जो जहाँ छौँ, सक्रियतापूर्वक नेकपा ९एमाले० का पक्षमा लागौँ । भविष्य हाम्रै हो ।
चुनावका बेला अन्तिम घडीमा टिकट नपाएका कारण पार्टी नै छाड्नेहरुका बारेमा थप कुनै टिप्पणी गरिरहन आवश्यक छैन । तर, एउटा कुरामा हामी सबैले ध्यान दिनैपर्छ– प्रभु साह जस्ता हरिया सर्पहरुले एक न एक दिन डस्छन् । आपराधिक विगत, अस्थिर चरित्र, चरम महत्वकांक्षा, जातीय संकीर्णता, संदिग्ध क्रियाकलाप र रिमोट कन्ट्रोलुबाट चल्नुपर्ने बाध्यताका कारण प्रभु साहले नेकपा (एमाले) लाई धोका दिए पनि मधेसमा नेकपा ९एमाले० का पक्षमा आएको जनलहरलाई त्यसले रोक्न सक्नै छैन । जसपासँग भएको सहमतिले हाम्रो विजयलाई थप फराकिलो बनाउनेछ ।
अध्यक्ष कमरेड केपी शर्मा ओलीले अघि सार्नुभएको ‘सुखी नेपालीः समृद्ध नेपालुको राष्ट्रिय आकांक्षालाई उहाँकै दृढ नेतृत्वमा सफल कार्यान्वयन गर्नका लागि २०७९ मंसिर ४ नेकपा ९एमाले० का लागि मात्र होइन, यस राष्ट्रकै लागि निर्णायक दिन भएको कुरा हृदयंगम गर्दै जुटौँ । सफलता सुनिश्चित छ ।’