शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

एमालेलाई धोका दिएका प्रभु साह एकाएक माधवसंग भेटिए, खिच्यो सबैको ध्यान !


  • मंगलबार, असोज २५ २०७९
8K
SHARES

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग नेतृत्वले तालमेल गरेपछि एमाले स्थायी कमिटी सदस्य प्रभु साहले विद्रोह गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमै बोलाएर रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभाको टिकट दिएपनि त्यसलाई त्यागेर साह स्वतन्त्रबाट चुनावी मैदानमा होमिएका छन्।

एमालेले अन्तिम समयमा आएर जनता समाजवादी पार्टी (जसपा)सँग गरेको तालमेलबाट असतुष्ट उनी आफूले स्वतन्त्रबाटै चुनाव जित्ने विश्वाससहित प्रचारमा लागेका छन्। आइतवार रौतहट ३ बाट साहले उम्मेदवारी दिइरहँदा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि गौरमै थिए।

२०७४ मा जितेको काठमाडौं २ माओवादी केन्द्रकी ओनसरी घर्तीलाई जिम्मा लगाएर गृहजिल्ला रौतहट फर्किएका नेपाल र एमालेसँग रुस्ट साहबीत सोमबार भेटवार्ता भएको छ।

एमाले छाडेर स्वतन्त्र उठेपछि राजनीति तरंगित बनाएका साह र नेपालबीच भएको एउटा भेटको फोटो अहिले भाइरल भइरहेको छ। नेपाल र साहबीचको भेट संयोग मात्रै हो या योजनावद्ध? यसबारेमा साह र उनका सहयोगीहरुसँग सोधखोज गरेको छ।

साह स्वयम्ले यसबारेमा केही नबोले पनि उनीनिकट रौतहटकै एकजना नेता निभेष यादवले केही खुलाएका छन्।यादवका अनुसार साह सोमबार साँझ साढे ५ बजेको उडानबाट काठमाडौं जान बाराको सिमरा विमानस्थलमा बसिरहेका थिए।

मौसम खराबीका कारण जहाज समयमा उडिरहेका थिएनन्। एयरपोर्टको भीआईपी कक्षा अन्य नेतासहित साह बसिरहेका बेला समाजवादी अध्यक्ष नेपाल पनि त्यहाँ आइपुगे।

नेपाल आइसकेपछि नेताहरुसँगै साहसँग संवाद भएको हो। ‘के के कुराकानी भयो भन्ने मैले पनि बुझिसकेको छैन’, यादवले भने, ‘तर अरु नेताहरु पनि रहेकै बेला एयरपोर्टको भीआईपी कक्षमा कुरा भएको हो। एमाले छाडेपछि अन्त कतै जाने भन्ने हाम्रो सोच छैन। हामी मंसिर ४ को चुनाव स्वतन्त्र नै लडेर जित्ने योजनाका छौँ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा