शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

टिकट नपाएका भिम रावल झनै कडा बनेर निस्किए, ओलीको ओठतालु सुकाउने गरी राखे एउटै प्रश्न !


  • मंगलबार, असोज २५ २०७९
8.2K
SHARES

फाइल तस्विर

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘संदिग्ध’ मानिस हुर्काउन भूमिका खेलेको आरोप लगाएका छन्।

तत्कालीन एमाले नेता प्रभु साहले मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीको निर्णयविपरीत स्वतन्त्र उम्मेदवारी दिएपछि रावलले अध्यक्ष ओलीले ‘संदिग्ध’ व्यक्तिलाई हुर्काएको बताएका हुन्।

साहले विद्रोह गरेपछि ओलीले पहिलेदेखि नै ‘संदिग्ध चरित्र’ भन्ने अभिव्यक्ति दिएको रावलले बताएका छन्।

‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो। हरियो सर्प भनेको पनि आयो। संदिग्ध र हरियो सर्पलाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं संदिग्ध र रंगिविरंगी सर्प किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि?,’ रावलले ट्विटरमा लेखेका छन्।

रावलाई अध्यक्ष ओलीले प्रतिनिधि सभाका लागि टिकट नदिएपछि उनी आक्रोशित छन्। रावलको नाम अछाम–१ बाट एकल सिफारिस भएको थियो।

जनता समाजवादी पार्टी (जसपा)सँगको चुनावी तालमेलबाट रुष्ट प्रभु साहले एमालेले दिएको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मधेश प्रदेशमा एमालेसँगको तालमेलमा भागबण्डा गरेर जसपाले उम्मेदवार उठाएका क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

साहको उक्त कदमको विरोध गर्दै एमाले अध्यक्ष ओलीले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तामा साहले पहिलेदेखि नै पार्टीभित्र शंकास्पद र संदिग्ध गतिविधि गर्दै आएको आरोप लगाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा