शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रचण्डको निर्वाचन क्षेत्रबाट उठ्ने भए रबि लामिछाने !


  • शुक्रबार, असोज २१ २०७९
15.3K
SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने उम्मेदवारी दिने भएका छन् ।

लामिछानेका दाहिने हात मानिने दिपक बोहोराले सामाजिक सञ्जाल फेसबुकमार्फत चर्चित पत्रकार विजयकुमार पाण्डेले केही महिना अघि लेखेको स्टाटसलाई स्मरण गर्दै सेनापतिसँग सेनापति नै भिड्न सक्ने सम्भावना ह्वात्तै बढेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘सभापति जस्तो मान्छेले फुच्चे-फाच्चेसंग चुनाव के लडनु ! शास्त्रमा भनिएको छ-‘सेनापतिले,सेनापतिसंगै युद्द गर्ने छ। उसले पदिकमाथी प्रहार गर्ने छैन।’ हेरौ !

यी दुई लाईन तीन महिना अघि विजय कुमार पाण्डे दाइले लेख्नुभएकाे स्टाटसबाट हाे । विजय दाइले भने जस्तै शास्त्रले पनि चितवन ३ नै जुराउला जस्तो छ ।’ हेरौ !’

तर यता प्रचण्डलाई चितवन निर्वाचन क्षेत्र नं. ३ नछाड्न सत्ता गठबन्धन चितवनले आग्रह गरेको छ । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा मंगलबार भरतपुरमा बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।

मुलुक, संविधान, लोकतन्त्र, शान्ति र विकासका खातिर समेत रहएका अध्यक्ष प्रचण्डले निर्वाचन क्षेत्र परिवर्तन गर्नु सान्दर्भिक नहुने गठबन्धनले ठहर गरेको छ ।

आगामी मंसिर ४ गते हुने संघीय निवाचनमा आफ्नो निर्वाचन क्षेत्र परिवर्तन र चितवन जिल्लालाई पुनः अभिभावकीय भूमिका निर्वाह गर्न अध्यक्ष प्रचण्डलाई गठबन्धनले आग्रह गरेको छ। बैठकले संघीय तथा प्रादेशिक निर्वाचनमा गठबन्धनका दलहरुले अघि सार्ने उम्मेदवारहरुलाई विजयी गराउने प्रतिवद्धता समेत ब्यक्त गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा