शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

चुनाव नजिकिँदै गर्दा एमालेलाई अर्को ठुलो झड्का, गगनले गराए प्रभावशाली एमाले युवा नेतालाई कांग्रेस प्रवेश !


  • आइतबार, असोज १६ २०७९
9.3K
SHARES

काठमाडौँ । आगामी मंसिर ४ गतेको निर्वाचन मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा (एमाले) का प्रभावशाली युवा नेतालाई नेपाली कांग्रेसमा प्रवेश गराएका छन् । बिहीबार एक विशेष कार्यक्रमको आयोजना गर्दै एमालेका प्रभावशाली युवा नेता राजन श्रेष्ठ (धरातल) लाई कांग्रेस पार्टी प्रवेश गराएका हुन् ।

युवाहरूमाझ लोकप्रिय रहेका श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गरेसँगै महामन्त्री गगन कुमार थापाको आगामी निर्वाचनको जितका लागि झनै सहयोग पुगेको जानकारहरू बताउँछन् ।

कांग्रेस प्रवेश गरेका श्रेष्ठ काठमाडौँमा विगत दशकौँदेखि शिक्षा क्षेत्रमा सफल नेतृत्व तथा विभिन्न स्थानीय सङ्घ÷संस्थाहरू मार्फत समाजसेवामा सक्रिय छन् ।

समग्र काठमाण्डौं क्षेत्र नम्बर ४ को सामाजिक, आर्थिक तथा भौतिक रूपमा विकास गर्ने प्रतिबद्धता सहित आफू कांग्रेस प्रवेश गरेको श्रेष्ठ बताउँछन् ।
उनले आफू पनि उदार लोकतन्त्रमा विश्वास राख्ने भएकोले र गगन थापाको नेतृत्वदायी व्यक्तित्व, उदार लोकतान्त्रिक विचार, समाज तथा देश विकासका लागि तय गरेको विभिन्न आयाम तथा भिजनहरूले नै आफूलाई उक्त पार्टी प्रति तथा गगन थापासँग रहेर काम गर्न प्रेरित गरेको पनि जनाए ।

यस्तै, सोही दिन श्रेष्ठसँगै गत स्थानीय तहमा बूढानीलकण्ठ नगरपालिकाको मेयर उम्मेदवार सुमित खरेल, भीष्मराज ढकालसहित सयौँ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा