दक्षिण कोरिया । दक्षिण कोरियाको दाङ्जिन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूबिचको एक दिने फुटसल प्रतियोगिता सम्पन्न भएको छ । तिन टिमको सहभागितामा आज उक्त फुटसल प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितालाई ‘खसी कप–२०२२’ को नाम दिइएको थियो । लिग नकआउट चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै मेनछन एफसीले उपाधि जितेको छ । भने सुनसङ एफसी दोश्रो भएको छ ।
बडा दशैंकाे अवसरमा रईला गाईज दक्षिण कोरियाद्वारा आयोजित दाङ्जिन क्षेत्रमा बसोबास गर्ने नेपाली बिच भएका एक दिने फुटसल प्रतियोगितामा मेनछेन एफसीले सुनसङलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
मेनछनका प्रनिल लामा र अमिर लिम्बुले गरेका थिए । सुनसङबाट रमेश लामा गोल फर्काएका थिए । सर्वाधिक गोलकर्ताका मदन खड्का, उत्कृष्ट गोलकिपर हेमराज गुरुङ र उत्कृष्ट खेलाडी शिशिर लिम्बु चयन भएको प्रतियोगिता संयोजक राजराम थिङले जानकारी दिए ।
प्रतियोगिताको विजेताले १० लाख वन र उपविजेताले पाँच लाख वन नगद पुरस्कार प्राप्त गरे । पुरस्कार दाङजिन नेपाली समाजका अध्यक्ष भीष्म लावतीले विजयी खेलाडी पुरस्कार वितरण गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।