मंगलबार, चैत्र ६ २०८०
ताजा अपडेट

दशैंको मुख फुटपाथ व्यापारीमाथि झनै कठोर बने मेयर बालेन, मुटु हल्लिने गरी निकाले यस्तो विज्ञप्ति !


  • KTM Khabar
  • बिहिबार, असोज १३ २०७९
3.5K
SHARES

फाइल तस्विर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ व्यापारीको नाम उच्चारण गर्दै दशैँको मुखैमा ठूलो घोषणा गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर साहले चाडवाडका बेला पनि काठमाडौंको फुटपाथ खाली गर्ने अभियान स्थगित नहुने गरेका हुन् ।

काठमाडौंको सहरी सुन्दरता बढाउनका लागि फुटपाथ व्यापारलाई रोक लगाउने अडानबाट पछि नहट्ने उनको भनाइ छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै बालेनले फुटपाथ व्यापारलाई दशैँको सन्दर्भसँग जोडेर प्रकाशन/प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने भन्दै उनले यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको स्मरण गराएका छन् ।

‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो ।’ बालेनले भनेका छन् । सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको उनको भनाइ छ ।

‘त्यसैले सडक किनारामा निर्वाध हिँड्न पाउने पैदल यात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप आंशिक रुपमा होइन पूर्ण र दीर्घकालीन रुपमा सञ्चालन गर्नेछ । यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ,’ बालेनले विज्ञप्तिमा भनेका छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा