मंगलबार, चैत्र ६ २०८०
ताजा अपडेट

बंगलादेशविरुद्ध नेपालको सानदार जित


  • KTM Khabar
  • बुधबार, असोज १२ २०७९
3.9K
SHARES

काठमाडौं – बंगलादेशविरुद्ध नेपालको सानदार जित निकाएको छ । बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशलाइ १ का बिरुद्ध ३ गोल गर्दै सानदार जित निकालेको हो ।

नेपालका लागि तीनवटै गोल अञ्जनले एक्लै गर्दै खेलमा ह्याट्रिक गरेका हुन् । उनले पहिलो हाफको १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरेका थिए । दशरथ रंगशालामा भएको खेलमा पहिलो गोल विमल घर्ती मगरले राइट फ्ल्याङकबाट हानेको फ्रिकिकलाई हेडरमार्फत अञ्जनले गोल गरेका थिए ।

यस्तै, खेलको २७औँ मिनेटमा अञ्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपालको अग्रता पनि दोब्बर पारे । अञ्जनले दिएको पासमा तेज तामाङले बक्सभित्रबाट गरेको प्रहार बंगलादेशका गोलकिपरले रोकेका थिए । उक्त रिबाउन्डबललाई पोष्ट नजिकै बाट प्रहार गर्दै गोल गरेका थिए ।

अञ्जनले ३८औँ मिनेटमा ह्याट्रिक पुरा गर्दै नेपालका लागि तेस्रो गोल गरे ।

कप्तान जमल भुयानले खेलको १७औं मिनेटमा आर्कबाट हानेको फ्रिकिक क्रसबारमा लागेर बाहिरिएसँगै बंगलादेशले अग्रतालिने अवसर गुमाएको थियो । त्यसबाहेक पनि बंगलादेशले थुपै्र गोल गर्ने अवसर गुमाएको थियो ।

बंगलादेशले दोस्रो हाफमा १ गोल फर्काएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा