मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

बालेनपछि एकाएक ताते चिरीबाबु महर्जन, चाले अर्को कठोर कदम !


  • KTM Khabar
  • शनिबार, असोज ८ २०७९
17.3K
SHARES

फाइल तस्विर

काठमाडौं । एकपछि अर्को जनप्रिय काम गरिरहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) चर्चा देशभर चुलिएको छ । बालेनको सुरु गरेको अनधिकृत संरचना हटाउने कार्यको सुरुवात देशका विभिन्न शहरमा हुन थालेको छ ।

यस्तै, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन पनि बालेनको कदममा तातिएका छन् । ३५ दिने सुचना निकाल्दै नमाने कठोर कदम चाल्ने चेतावनी समेत दिएका छन् ।

ललितपुर महानगरपालिका ले नगरभित्रका अनियमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको हो ।

ललितपुर महानगरपालिका क्षेत्रभित्र नक्शा स्वीकृत बिना, मापदण्ड विपरित निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढी लगायतका संरचना ३५ दिन भित्र हटाउन सूचना जारी गरेको हो।

नक्शा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृत लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण गरेका संरचना सूचना प्रकाशित भएको मितिले ३५ ९पैतिस० दिनभित्र सुधार गर्न वा हटाउन सूचीत गरेको छ।

यदि नहटाएको खण्डमा महानगर आफैंले कानुन बमोजिम संरचना हटाउने भएको छ। ‘उल्लेखित म्यादभित्र सूचना बमोजिमको कार्य नगरे÷नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचना हटाउने,’ सूचनामा उल्लेख छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा