आइतबार, माघ २२ २०७९
ताजा अपडेट

एकपछि अर्को कमाल गर्दै मेयर बालेन, निकाले अर्को ३० दिने सूचना ! (सूचनासहित)


  • KTM Khabar
  • शुक्रबार, असोज ७ २०७९
2.9K
SHARES

फाइल तस्विर

काठमाडौँ – काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति वा संस्थाले आफ्नो कार्यस्थल बाहिर राखेको परिचय पार्टी (साइनबोर्ड) को शुल्क बुझाउन ३० दिने सुचना निकालेको छ ।

व्यक्ति, व्यवसाय वा संघसंस्थाको परिचय खुल्ने साइनबोर्ड कार्यस्थल बाहिर राखेको भए त्यसको शुल्क तिर्न महानगरले आग्रह गरेको हो।

अबको ३० दिनभित्र वडा कार्यालयमा गएर साइनबोर्ड शुल्क तिर्न महानगरले आज सूचना जारी गरेर आग्रह गरेको छ। शुल्क नबुझाए वा तोकिएकोभन्दा ठूलो साइनबोर्ड राखेको पाइएमा त्यस्ता साइनबोर्ड महानगरपालिकाले तत्काल हटाउने चेतावनीसमेत दिइएको छ।

६ वर्गफुटसम्म एक वटा मात्र साइनबोर्ड राखेको भए ५०० शुल्क लाग्नेछ। यस्तै १५ वर्गफुटसम्म १५०० र ३० वर्गफुटसम्म प्रतिवर्ग फुट १००० का दरले शुल्क लाग्ने महानगरले जनाएको छ।

३० वर्गफुटभन्दा माथिको साइनबोर्ड राख्न निषेध गरिएको महानगरले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा