शनिबार, असोज १५ २०७९
ताजा अपडेट

बल्ल बालेनको पक्षमा हर्क साम्पाङले गरे खुलेरै प्रशंसा, झनै पलायो नयाँ आशा !


  • KTM Khabar
  • बुधबार, असोज ५ २०७९
132.6K
SHARES

फाइल तस्विर

काठमाडौँ । काठमाडौँको फोहोर नउठेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ब्यंग्य गर्दै सामाजिक संजालमा लेखे, ‘काठमाडौँको फोहोर उठ्न पनि म काठमाडौँ जान पर्ने भयो ।’

मेयर साम्पाङ कार्यालयको काम लिएर काठमाडौँ आएका बेलामा महानगरपालिकाले केही मात्र फोहोर उठाएको थियो । त्यही विषयलाई लिएर हर्कले ब्यंग्य गरेका थिए ।

उनको उक्त स्टाटसले निकै आलोचित बनायो । त्यसको जवाफमा बालेनले ‘तपाईँको चुनाव चिन्ह लौरोका कारण मैले चुनाव जितेको’ भन्दै जवाफ फर्काए । त्यसपछि बालेन विरुद्ध हर्क साम्पाङले लामो समय सस्टाटस वर्षा गराएका थिए ।

यही कारण काठमाडौँ र धरानबीच एकखालको द्वन्द सृजना भएको विश्लेषण हुन थाल्यो ।

त्यसपछि काठमाडौँमा बालेनले फोहोर तह लगाए भने हर्कले धरानमा श्रमदानबाट पानी पुर्याए । यता बालेनको डोजरले अबैध संरचना भत्काउन थालेपछि चर्चा ह्वात्तै चुलियो भने उता हर्कले पनि बृक्षरोपण गर्दै धरानलाई हरियाली बनाउने अभियान चलाए ।

बालेनको कामलाई प्रसंसा गर्दै हर्कले एउटा स्टाटस लेखेका छन् । झट्ट हेर्दा बालेनको स्टाटस एक सुरक्षाकर्मीमा केन्द्रीत भएको देखिएपनि उनले बालेनको कामलाई प्रसंसा गरेका हुन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘सुरक्षा निकाय फितलो भयो भने राज्य कमजोर हुन्छ ! यी व्यक्तिको काम गराइ मलाई मन परो ! स्वाबास ।’

काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको एउटा स्क्रिनसट फोटो शेयर गर्दै हर्कले स्वाबास भनेका हुन् । उक्त फोटोको क्याप्सनमा लेखिएको छ, ‘मेयर बालेनलाई अबैध संरचना र अबैध मान्छेहरुसंग जुधेर सहायता गर्ने, हरेक चुनौतिसंग लडेर सुरक्षा दिने र सफल बनाउने काठमाडौं महानगरीय प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डे ज्युलाई उच्च सम्मान ।’

उनका यो स्टाटसले बालेनले काठमाडौँमा राम्रो काम गरेको भन्दै समर्थन र प्रसंसा गरेको अर्थ लागेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा