आइतबार, असोज १६ २०७९
ताजा अपडेट

बाइक राइडरको पक्षमा मियो झैँ उभियो सजिलो राइडर, चाल्यो यस्तो बोल्ड कदम !


  • KTM Khabar
  • बुधबार, असोज ५ २०७९
475
SHARES

काठमाडौँ । मोटरसाइकलमा प्रयोग गरिने ‘मोबाइल होल्डर’ ट्राफिक प्रहरीले हटाएको भन्दै बाइक राइडर कम्पनी सजिलो राइड शेयरिङले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै मोबाइल होल्डर हटाइएको विषयमा आपत्ति जनाएको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘हाल मोटरसाइकलमा प्रयोग हुँदै आएको मोबाइल होल्डरलाई नेपाल ट्राफिक प्रहरीले हालमा बाइक मोडिफिकेसन भनी कानुनको अपव्याख्या गरी मोटरसाइकल चालक तथा विभिन्न राइड शेयरिङबाट आफ्नो जीविकोपार्जन गरिरहेका नेपाली जनताहरूलाई लगाइरहेको अत्यधिक जरिवाना कानुन सङ्गत नभएको र राइडरहरुको काम गर्न पनि गाह्रो भएकाले बाइक मोडिफिकेसनको नाममा लगाइरहेको अत्यधिक जरिवाना रोक्नको लागि सजिलो राइडर आव्हान गर्दछ ।’

यस्तै अगाडी भनिएको छ, ‘यसरी एक तरिकाले काठमाडौँ उपत्यकामा अपरिहार्य सेवा दिइरहेको राइड शेयरिङ सर्भिस र राइडरहरुलाई अफ्ठेरो पर्ने गरी गरिएको एकतर्फी निर्णय फिर्ता लिई, सुरक्षाको विषय नै हो भने पनि यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनु भन्दा पनि कसरी नियमन गर्न सकिन्छ भनी सरोकारवालाहरुसंग छलफल गरी निर्णय लिनु उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा रहेको छ । त्यसैले यो विषयलाई एकतर्फी रूपमा नभई सरोकारवालाहरुसंग छललकोलागि निर्णय लिनको लागि हामी नेपाल ट्राफिक प्रहरी र यातायात व्यवस्थापन सम्बन्धी सरकारी अधिकारी/कार्यालयलाई आव्हान गर्दछौ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा