शनिबार, असोज १५ २०७९
ताजा अपडेट

फिल्मी शैलीमा एकपछि अर्को जनप्रिय काम गरिरहेका बालेनलाई देखियो अप्ठ्यारो पर्ने संकेत, चालियो कडा कदम !


  • KTM Khabar
  • आइतबार, असोज २ २०७९
1.4K
SHARES

फाइल तस्विर

काठमाडौं । अनिल कपुरको ‘नायक’ फिल्मको झल्को दिने गरि एकपछि अर्को जनप्रिय काम गर्दै आएका बालेनलाई अप्ठेरो पर्ने संकेत देखिएको छ । बालेनको जनप्रिय कदमलाई ब्याक बनाउन खेल सुरु भएको चर्चा हुन थालेको छ ।

उच्च अदालत पाटनले टुकुचा खोला मिचेर बनाएको संरचना नभत्काउन अन्तरकालीन आदेश जारी गरेको छ ।

प्रेसिडेन्ट ट्राभल्स एण्ड टुर्स प्रा.ली. को तर्फबाट भोलाविक्रम थापासमेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले टुकुचा खोला मिचेर बनाएको संचना तत्काल नभत्काउन अन्तरकालीन आदेश जारी गरेको हो ।

महानगरपालिकाले टुकुचा खोला मिचेर बनाइएका संरचना धमाधम भत्काइरहेको छ । उसले हालसम्म जय नेपाल सिनेमा हलमा बनेका संरचना र लक्ष्मी बैंकको संरचना खनेर टुकुचा खोला निकालेको थियो । अदालतले असोज ५ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रक्रिया बमोजिम नक्सा पास गरेको र निर्माण सम्पन्नको प्रमाणपत्र समेत लिएको देखिएकाले तत्काल संरचना नभत्काउन अन्तरकालीन आदेश दिँदै दुबै पक्षलाई छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा