आइतबार, असोज १६ २०७९
ताजा अपडेट

सहयोग गर्नेको लाइन लाग्न थालेपछि हर्क साम्पाङले घुमाए दिमाग, मागे यस्तो बहुमूल्य उपहार !


  • KTM Khabar
  • आइतबार, असोज २ २०७९
29.5K
SHARES

फाइल तस्विर

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको चर्चा यत्ति बेला देश दुनियाँमा छरिएको छ । श्रमदान मार्फत धरान वस्तिमा खानेपानी ल्याउन सफल भएसँगै उनको चर्चा अझै चुलिएको छ ।

स्थानीय तह निर्वाचनको बेलामा उनको मुख्य मुद्दा नै धरानमा पानी ल्याउने भनेका थिए । सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयले खुसी साटे । पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

यस्तै, मेयर साम्पाङले सहयोगी हातहरूसँग विभिन्न सामाग्री सहयोग गर्न अपिल गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत साम्पाङले खादा र माला ल्याउनु भन्दा आफूलाई आवश्यक सामाग्री उपहार दिन अपिल गरेका हुन् ।

‘मलाई कसैले उपहार नै ल्याइदिने मन भए गैँती र बेल्चा उपहार ल्याइदिनु !’, साम्पाङले फेसबुकमा लेखेका छन्, ‘यो खादा माला र अनेक फूलका गुच्छाको मैले उपयोगिता देखिनं ! जय श्रम ! जय उत्पादन !’

साम्पाङले बिदाको दिन पारेर उपमहानगरपालिकाभित्र श्रमदान गरिरहेका छन् । श्रमदानबाट नगरपालिकाको एक रुपैयाँ खर्च नगरी साम्पाङले धरानमा पानी पुर्याउन सफल भएका छन् ।
उनले आफूलाई सम्मान गर्ने भन्दै धेरैले खादा र माला ल्याएर आएकोमा असन्तुष्टि जनाउँदै यस्तो अपिल गरेका हुन् । देश विदेशबाट उनलाई सहयोग गर्नेको घुइँचो लागेको छ ।

साम्पाङले श्रमदानबाटै धरानलाई हरियाली बनाउने बृक्षरोपण गरेका छन् । त्यसमा पनि बिरुवादेखि सम्पूर्ण कुरा सहयोगी मनहरूको सहयोगले सम्भव भएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा