काठमाडौँ । फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् । भट्टराईलाई फुटपाथ व्यवसायीको बारेमा किन पहिलै नसोचेको भन्दै उल्टै प्रश्न खडा गरेका छन् ।
यसअघि भट्टराईले काठमाडौंका फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने मेयर साहसँग माग गरेका थिए। सामाजिक सञ्जालमा उनले व्यवस्थित नगरिए स्वरोजगार श्रमिकहरु फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुने उल्लेख गरेका थिए। त्यसको जवाफ दिँदै मेयर साहले आफ्नो पालामा किन नसोचेको भन्दै उल्टै प्रश्न गरेका हुन्।
उनले लेखेका छन्, ‘यो कुरा त हजुरले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि।’
नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए । त्यस सम्बन्धी अनलाइनखबरको समाचार बाबुरामले सेयर गरेका छन् । त्यसकै मुनि बालेनले आफ्नो जवाफ लेखेका हुन् । बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।
काठमाडौं महानगरले फुटपाथ व्यवसायलाई हटाएको छ। फुटपाथ व्यापारीले भने आफ्नो रोजीरोटी खोसिएको भन्दै आन्दोलन थालेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।