शनिबार, असोज १५ २०७९
ताजा अपडेट

हर्क साम्पाङको यस्तो निर्णयले ल्यायो राजनीतिक बृतमा हलचल !


  • KTM Khabar
  • शनिबार, असोज १ २०७९
7.5K
SHARES

फाइल तस्विर

काठमाडौं ।

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको एउटा निर्णयले राजनीतिक बृतमा हलचल मच्चिएको छ । निर्वाचन आयोगले जरिवाना तोकेपछि जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिदै गम्भीर प्रश्न गरेपछि राजनीति बजारमा हलचल मच्चिएको हो ।

निर्वाचन आयोगले ढिला निर्वाचन खर्च बुझाएको भन्दै नामसहित जरिबाना रकम तोकेपछि राईले सामाजिक सञ्जालमार्फत् जवाफ दिदै आफूले तिरेको जरीवाना खेर जान नहुनेमा सचेत गराएका छन् ।

साम्पाङलाई आयोगले पाँच लाख ५० हजार जरिबाना तोकेको छ। राईले पाँच लाख ५० हजार जरिवाना तिर्न तयार रहेको तर आफूले तिरेको जरिबाना भ्रष्टाचारीको भुँडीमा नपरोस् भनेका छन्।

‘५ लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपसोस्’, उनले लेखेका छन्, ‘ल ठिक छ राजश्व बढ्ने भो तर मैले तिर्ने जरिवाना रकम भुँडे भ्रष्टाचारीले नखाइदिओस !’

निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने उल्लेख छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा