काठमाडौँ । प्रि प्राईमरी तहका विद्यालयहरुको छाटा संगठन अपेन बूढानीलकण्ठले ‘अपेन किड्स ट्यालेन्ट ट्रायल’ भव्य रूपमा सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमको आयोजना गर्दै ‘अपेन किड्स ट्यालेन्ट ट्रायल’ को सिजन ३ भब्य रुपमा सम्पन्न गरेको हो ।
बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामाको प्रमुख आतिथ्यता तथा अपेन बूढानीलकण्ठ अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा मन्टेश्वरी तथा प्रि प्राईमरी स्कुलका बालबालिकाहरुले विशेष प्रस्तुती दिएका थिए । नेपाली मौलिक कला, संस्कृति झल्काउने र ऐतिहासिक अवस्था चित्रण हुने बाल प्रस्तुतिलाई समेट्दै नानीबाबुहरुले प्रस्तुती दिएका आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै उपप्रमुख लामाले आमाको काखमा भएका सानासाना बालबालिकालाई स्कुलमा ल्याएर यस्तो मौलिक नेपाली कला र संस्कृति प्रस्तुत गर्ने अद्भुत क्षमता प्रदान गर्ने शिक्षक कर्मचारीको मुक्त कण्ठके प्रशंसा गरेकी थिइन् । बालबालिका देशका कर्णधार हुन् भनेर कथनमा मात्रै सिमित नगरेर उनीहरुलाई मनोवैज्ञानिक तवरले आवश्यक अवसर प्रदान गरेर सर्वाङ्गिन विकास गराई राष्ट्रको योग्य, असल र सक्षम नागरिक नागरिक बनाउनु जरुरी भएको बताएकी थिइन्। बालबालिकाको सर्वोपरि हितका निम्ति उत्कृष्ट कार्ययोजना निर्माण गरि नगरमा ल्याउन अपेन बूढानीलकण्ठलाई आग्रह गर्दै त्यसको कार्यान्वयन गराउने प्रतिबद्धता समेत व्यक्त गरेकी थिइन्।
कार्यक्रममा सहभागी मन्टेश्वरी तथा प्रि–प्राईमरी स्कुललाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।