सोमबार, माघ २३ २०७९
ताजा अपडेट

नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा रमेश श्रेष्ठ निर्वाचित


  • KTM Khabar
  • शुक्रबार, भाद्र ३१ २०७९
2.7K
SHARES

फाइल तस्विर

काठमाडौँ । नेकपा माओवादी केन्द्रका युवा नेता तथा युवा व्यवसायी रमेश श्रेष्ठ नेपाल उद्योग व्यापार महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । काठमाडौँको होटेल एभरेष्टमा बिहीबार सम्पन्न पहिलो महाअधिवेशनबाट श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा खिमलाल भण्डारी निर्वाचित भएका छन् । भने श्रेष्ठसहित १ सय ९९ जना केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

महाधिवेशनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए । यस्तै, माओवादी केन्द्रका शीर्ष नेताहरू समेत सामेल भएका थिए ।

महाअधिवेशन पश्चात् केटिएम खबरसंग बोल्दै श्रेष्ठले महाअधिवेशनमा निर्विरोध निर्वाचित बन्न भूमिका खेल्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् । ‘सबै जनाको साथ सहयोगबाट केन्द्रीय सदस्य जस्तो गरिमामय पदमा निर्वाचित हुन पाउनु मेरो लागि गर्वको कुरा हो । सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद दिन्छु ।’, श्रेष्ठले भने ।

नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनका टोखा नगर कमिटीका अध्यक्ष समेत रहेका रमेश श्रेष्ठलाई उत्तरी भेगका उदाउँदा ब्यावसायीका रूपमा लिइन्छ ।

श्रेष्ठ फ्रेण्डशिप क्याफेका सञ्चालक, नौलाखा साकोसका कोषाध्यक्ष र ज्ञान चक्षु इङ्लिस स्कूलका संस्थापक डाइरेक्टर समेत हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा