बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

ओलीले दिए आफ्ना सांसदलाई निर्देशन:  भोलिदेखि संसदमा नआउनुस्, चुनावमा खटिनुस्


  • KTM Khabar
  • शुक्रबार, भाद्र ३१ २०७९
4.6K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको आयु भोलिदेखि सकिएको भन्दै एमाले संसदहरुलाई चुनावको तयारी गर्न निर्देशन दिएका छन् । उनले भोलि देखि संसदमा नआउन समेत भनेका छन् । १ असोजको मध्य रातदेखि संसदको कार्याकाल सकिने भन्दै गाउँ जान पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा ओलीले सांसदका रुपमा खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् । संकटका बेला पार्टी साथ दिएको भन्दै उनले अगाडि भनेका छन्, ‘सरकारले संसदको कार्यकाल लम्ब्याउजे प्रपञ्च गर्‍यो । तर हाम्रोलागि भोलिदेखि संसदको कार्यकाल सकिएको छ, भोलिदेखि हामी सांसदमा आउँदैनौं ।’

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार ओलीले अब चुनावमा खटिन समेत निर्देशन दिएका छन् । ओलीले भनेका छन्, ‘चुनाव लाग्यो । तपाईंहरु गाउँगाउँमा खटिनुस्, एमालेको बहुमत पुर्‍याउन लाग्नुस् ।

एमाले संसदीय दलको बैठकमा शुक्रबार पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा परिणाम आउनेगरी खटिन गाउँ गाउँ जान निर्देशन दिएका हुन्।

‘भोलिदेखि संसद रहँदैन। हामी सबैले आफ्ना उम्मेदवार जिताउन गाउँ गाउँ जानुपर्छ’, ओलीले सांसदलाई निर्देशन दिँदै भने, ‘भोलिदेखिनै हामी निर्वाचन क्षेत्रमा जानुपर्छ। आफ्ना उम्मेदवारलाई जिताउन लाग्नूपर्छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा