शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मेयर हर्क साम्पाङले भीआईपीलाई चिन्दिन भनेपछि…


  • बिहिबार, भाद्र ३० २०७९
6.6K
SHARES

फाइल तस्विर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भीआईपी चिन्दिन भन्दै व्यंग्य गरेका छन् । साम्पाङले चीनका जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणबाट सडकमा भएको अस्तव्यस्ततामाथि इंकित गर्दै व्यंग्य गरेका हुन् ।

मेयर साम्पाङले आफू जनतासँगै बेल्चा र गैंती चलाइरहेको उल्लेख गर्दै आफूलाई न गार्ड चाहिएको न आसेपासे भनेर सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। साम्पाङले ली चान्सुको नेपाल भ्रमणका कारण सडकमा भएको अस्तव्यस्ततामाथि कटाक्ष गर्दै हावाहरुको ठूलो स्वाङ मात्रै भएको प्रतिक्रिया जनाएका छन् ।

फेसबुकमा उनले लेखेका छन्, ‘मैले नबुझेको को हो भीआईपी ? को हो भीभीआईपी ? हावाको हरु म त दिन भर जनतासँगै बेल्चा र गैंती चलाइरा हुन्छु त न गार्ड चाहिन्छ न आसेपासे नै ! काम गर्नु छैन स्वाङ मात्रै ठूलो हावाका हरु ।’

यस्तै, मेयर साम्पाङ धरानमा पानी ल्याउन सफल भएका छन् । स्थानीय तह निर्वाचनको बेलामा उनको मुख्य जाेड नै धरानमा पानी ल्याउने भनेका थिए ।

सोमबार धरान–१३ जानकी चोकमा पानीको फोहोरा झारेर मेयर साम्पाङसहित स्थानीयले खुसी साटेका हुन्। पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

धरानमा पानी ल्याएको भिडिओ सामाजिक सञ्जालबाट पोस्ट गर्दै मेयर साम्पाङले खुसी साटासाट गरेका छन्। उक्त भिडिओ पोस्ट गर्दै उनले लेखेका छन्, ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ। सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा।’

धरानमा पानी ल्याउनका लागि साम्पाङले लामो समयदेखि अभियान संचालन गरेका थिए। यसअघि निर्वाचितन जनप्रतिनिसँग साम्पाङ ‘पानी देउ’ दबाव समूह नै बनाएर लागेका थिए।

पहाड गाउँ खोटाङबाट धरान झरेका उनी बितेको १० वर्षदेखि धरानबासीको प्रमुख समस्या रहेको पानी माग्दै आन्दोलनरत थिए। पूर्वको काकाकुल सहरका रुपमा परिचित धरानमा हरेक पटक खानेपानी चुनावी एजेन्डा बन्छ अनि सेलाउँदै गरेको छ। तर, यो पटक भने साम्पाङले धरानको जमुना चोकमा पानी झारेका छन्।

यो पटकको निर्वाचनमा मेयर निर्वाचित भएसँगै साम्पाङ निरन्तर पानी ल्याउने अभियानमा लागेका थिए।

उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ। साम्पाङले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा