शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ब्याक टु ब्याक कमाल गरिरहेका मेयर बालेनले जगतमान श्रेष्ठलाई दिए अर्को महत्त्वपूर्ण जिम्मेवारी, झनै चुलियो चर्चा !


  • बिहिबार, भाद्र ३० २०७९
10.9K
SHARES

फाइल तस्विर

काठमाडौँ । ब्याक टु ब्याक जनिप्रय काम गर्दै कमाल गर्दै आएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले ट्राफिक प्रहरी सल्लाहकार नियुक्त गरेका छन् । पूर्वप्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेका हुन् ।

कामपाले मङ्गलबारको प्रमुखस्तरीय निर्णयबाट उनलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा काम गरिसकेका श्रेष्ठले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानवअधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद् व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन्।

त्यस्तै भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएको बताइएको छ।

यस्तै उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिएका छन्। उत्कृष्ट कार्यसम्पादनवापत उनले नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्रसङ्घले प्रदान गर्ने पदक पाएका छन्।

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ।

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गरी ट्राफिक व्यवस्थापन गर्दै आएको छ। ट्राफिक व्यवस्थापन गर्न महानगरले पार्किङमा बनाइएका संरचनाहरू भत्काउने काम गरिरहेको छ। जसले गर्दा पनि काठमाडौंको जामको समस्या हट्ने आकलन गरिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा