शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सन्दीप लामिछाने प्रकरणमा बोलिन् अभिनेत्री रीमा, सरकारमाथि नै उठाइन् गम्भीर प्रश्न !


  • सोमबार, भाद्र २७ २०७९
9.2K
SHARES

फाइल तस्विर

काठमाडाैँ । अभिनेत्री, मोडल तथा पूर्व सञ्चारकर्मी रीमा विश्वकर्माले नाबालिग किशोरीलाई ब*ला त्का र गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेसँग जोडिएको विषयमा टिप्पणी गरेकी छिन् । ‘अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालो सूचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’ भन्दै रीमाले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रश्न गरेकी हुन् ।

लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । उनलाई विमानस्थलबाटै पक्राउ गर्ने गरी अध्यागमन विभागले कालोसूचीमा राखेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले आइतबार साँझसम्म उनी नेपाल आउने खबर आएपछि प्रहरीलाई उच्च सतर्क अवस्थामा राखिएको जनाएको छ ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेपछि उनी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित भइसकेका छन् । प्रहरी वृत्त गौशालामा परेको जाहेरीका आधारमा काठमाडौं प्रहरी परिसरले उनी विरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरिसकेको छ।

भदौ ६ गते उनी केन्यामा टी–२० खेल्न गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न उनी वेष्ट इन्डिज गएका थिए। क्यानले निलम्बन गरेसँगै उनी वेष्ट इन्डिजमा सीपीएल नखेली फर्किएका हुन्। उनले शुक्रबार मात्रै आफू सीपीएल छाडेर आरोप सामना गर्न नेपाल आउन लागेको बताएका थिए ।

रीमाले फेसबुकमा लेखेकी छिन्, ‘सन्दीप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिनपछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ, अपराधीले कुनै पनि हालतमा उन्मुक्ति पाउनु हुँदैन । तर, आरोप लगाएकै भरमा राज्यले छानबिनकै क्रममा रहेको विषयमा दोषी नै भए जसरी एक अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपूर्ण छ?’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा