काठमाडौँ । देशका शीर्ष नेता देशकै प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुखुण्डो उतारिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) माथि गम्भिर प्रशन उठाएका छन् । उनले बालनेको पनि आलोचना गरेका छन् ।
आइतबार महाअभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित भएका जबराले अधिवक्ता ओमप्रकाश अर्याललाई महानगरको कानूनी सल्लाहकार नियुक्त गरेकामा बालेनको आलोचना गरेका छन् ।
अर्यालजस्तो गम्भीर चरित्रको मानिसलाई महानगरको सल्लाहकार नियुक्त गर्नु ठीक नभएको उनको भनेका छन् । ‘ओमप्रकाश अर्याललाई काठमाण्डु महानगरपालिकाका मेयर बालेनजीले कानुनी सल्लाहाकारमा नियुक्त गर्नुभएको पत्रिकामा पढें’, उनले भने, ओमप्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ, नोट होस् ।’
अर्याल पत्नी पुनवेदी महर्जनलाई बार एसोसिएसनका अध्यक्ष चण्डेश्वरजी श्रेष्ठले दुईपटकसम्म न्यायाधीश नियुक्तिको सिफारिस गरे पनि आफूले अस्वीकार गरेको राणाले बताए । आफूले श्रीमतीलाई न्यायाधीश नियुक्त गर्न इन्कार गरेपछि अर्याल आफूविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्धा दर्ता गर्न गएको टिप्पणी उनले गरे ।
यस्तै, आफूमाथि महाभियोग आउनुको भित्री कारण सार्वजनिक गर्दै निलम्बित प्रधानन्यायाधीश जबराले गठबन्धनका शीर्ष नेता देशकै प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मुखुण्डो उतारिरहेका छन् ।
राजनीतिक दाउपेचकै कारण आफूमाथि गम्भीर षडयन्त्र रचिएको भन्दै चोलेन्द्रले एकएकको पोल खोल्न थालेका छन् । यस्तै जबराले आफू र आफ्नो परिवारका नाममा रहेको सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् ।
उनले संसदीय समितिमा उपस्थित भएर यस्तो चुनौती दिएका हुन् । उनले केही ठूला पत्रकार, लगानीकर्ता र वलिक नै मुद्दाको दलालीमा सक्रिय रहेको खुलासा गरे ।
जबराले राजनीतिक दलहरुले न्यायाधीशमा कोटा माग्ने गरेको बताएका छन्। आइतबार महाअभियोग सिफारिस समितिमा बयान दिँदै राणाले दलहरुले आफ्नो मान्छेलाई न्यायाधीश नियुक्ती गर्नु भन्दै पत्र नै पठाउने गरेको बताएका हुन्। न्यायाधीश नियुक्तीमा अनुचित ढिलासुस्ती गरेको आरोपको राणाले खण्डन गरे ।