शनिबार, असोज १५ २०७९
ताजा अपडेट

कांग्रेसबाट निर्वाचित यी वडाध्यक्ष भए विद्यालय भर्ना !


  • KTM Khabar
  • सोमबार, भाद्र २७ २०७९
988
SHARES

काठमाडौं । नेपाली कांग्रेसबाट निर्वाचित ज्वालामुखी गाउँपालिका ६ का वडाध्यक्ष किशोर सेडाई कक्षा ११ मा भर्ना भएका छन् । उनी आफ्नै वडामा रहेको सुनखानी माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका हुन् । २०६५ सालमा चण्डेश्वरी माध्यामिक विद्यालय एसएलसी उत्तीर्ण गरेपछि उनको औपचारिक शिक्षा रोकिएको थियो ।

कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सेडाईंले आफैं कक्षा ११ मा भर्ना भएका हुन् । एसएलसी उतिर्णपछि काठमाडौ गएर पढ्ने भनेर हिडिएको तर विभिन्न आर्थिक समस्याका कारणले आफूले पढाईलाई निरन्तरता दिन नसकिएको उनले बताएका छन् ।

उनले भने– हामी जस्ता निम्न वर्गीया परिवारको मान्छेलाई काठमाडौंमा केहि काम नगरि टिक्नै नसकिने । त्यस पछि पढाइ लाई निरन्तरता दिन पनि सकिएन । त्यतिबेला लाग्थ्यो, अब मेरा लागी पढाइ आवश्यक पनि छैन । तर अहिले आएर पढाइको महत्त्व बुझ्दै छु ।

उनले आफू सकेसम्म पढ्नका लागि विद्यालय जानेसमेत बताएका छन् । विहानको कक्षा भएको भए आफू नियमित विद्यालय जाने भन्दै उनले दिउँसोको कक्षा भएकोले नियमित कक्षा लिन नपाउने हो कि भन्ने आफूलाई लागेको बताए ।

विद्यालयको कार्यक्रममा सम्बोधनका क्रममा उनले भने, ‘म तपाईंहरु सङ्गै बसेर पढ्ने छु । तपाईहरुले जानेको कुरा मलाई सिकाउनुहोस् । मैले जानेको कुरा तपाईंहरुलाई सिकाउँला । विद्यार्थी भएर विद्यालयमा आउँदा यहाँको समस्यासँग पनि परिचित हुने मौका मिल्ने र त्यसलाई समाधान गर्न पनि मेरो तर्फबाट भरपुर कोशिश गर्नेछु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा