शनिबार, असोज १५ २०७९
ताजा अपडेट

एकपछि अर्को जनप्रिय काम गरिरहेका बालेनले गरे अर्को ठुलो तयारीको खुलासा, झनै पलायो नयाँ आशा !


  • KTM Khabar
  • आइतबार, भाद्र २६ २०७९
1.4K
SHARES

फाइल तस्विर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को चर्चा यत्ति बेला देश दुनियाँमा छरिएको छ । अनधिकृत संरचना हटाउन फिल्डमा उत्रिएपछि चर्चाका केन्द्र बनेका मेयर बालेनको अव के गर्छन् ? भन्ने चासो आम रूपमा छरिरहेका छन् ।

अनधिकृत संरचना हटाउने अभियान नसकिँदै ब्याक टु ब्याक जनप्रिय काम गरिरहेका मेयर बालेनको कदमको प्रभाव अन्य मुख्य सहरहरूमा पनि देखिन थालेको छ । मेयर बालेनले सुरु गरेसँगै अनधिकृत संरचनाहरू अन्य सहरहरूमा पनि हटाउन सुरु गरिएको छ । एउटा मेयरले चाहँदा धेरै काम हुने रहेछ भन्ने उदाहरण दिएका मेयर बालेन अर्को जनप्रिय काम गर्ने तयारी गरिरहेका छन् ।

मेयर बालेनले अबको योजना शिक्षा र स्वास्थ्य क्षेत्रको सुधामा लाग्ने सङ्केत देखाएका छन् । एक सार्वजनिक कार्यक्रममा बोल्दै शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारीकरण बन्द हुनु पर्ने बताएका छन् । फिल्मी रफ्तारमा काम गरिरहेका बालेनले यसो भनिरहँदा अब गर्ने कामको योजना अन्तर्गत उक्त कुरा व्यक्त गरेका हुन् भन्ने चर्चा हुन थालेको छ ।

काठमाडौँको इन्द्रजात्रा अवलोकनका लागि आएको जम्बो जनप्रतिनिधिसहितको टोली भक्तपुर नगरपालिकाको स्थलगत भ्रमणका लागि पुगेको थियो । मेयर बालेन, उपमेयर सुनिता डंगोल सहितको महानगरको टिम पनि उक्त भ्रमण सामेल थियो ।

भक्तपुर नगरपालिकाले वडा नम्बर २ ब्यासीस्थित नगरपालिका सभाकक्षमा टोलीको स्वागतमा एक कार्यक्रम आयोजना गरेको थियो । उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अङ्कित परम्परागत खादा र महिला अतिथिलाई सुर्के थैली उपहारसहित स्वागत गरे ।

सोही कार्यक्रममा बोल्दै मेयर बालेनले शिक्षा, स्वास्थ्यमा हुने व्यापार बन्द गरिनु पर्ने र जनताका आधारभूत आवश्यकतामा पर्ने विषयहरूको जिम्मा राज्यको हुनु पर्नेमा बताए थिए । यस्तै भक्तपुरको विषयमा बोल्दै मेयर बालेनले भने, भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाइबाट आफू निकै प्रभावित भएको बताउँदै ठेक्कापट्टाबाट हुने सम्पदा र विकास निर्माणका गतिविधिको नियमित अनुगमन हुनुपर्ने आवश्यकता देखिएको छ । विदेशी सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणका रूपमा रहेको छ ।

काठमाडौँ महानगरपालिका र उससँग भगिनी सम्बन्ध भएका विभिन्न महानगरपालिका र नगरपालिकाका प्रमुखहरू भक्तपुर पुगेका थिए । महानगरसँग भगिनी सम्बन्ध भएका विराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, धनकुटाको पाख्रीबास नगरपालिका, डडेलधुराको अमरगढी नगरपालिका र विदेशी पाहुनाहरू नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्षद् सदस्य मोहम्मद हुसेन सरिफ तथा महानगर तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत ७५ जनाको समूह शनिवार भक्तपुर पुगेको हो ।

टोलीले दरबार क्षेत्र, पाँच तले मन्दिर हुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरूको स्थलगत अवलोकन भ्रमण गरेको छ।

कार्यक्रममा प्रजापतिले भक्तपुर नगरपालिकामा वैज्ञानिक समाजवादप्रति आस्थावान् जनप्रतिनिधि कार्यरत रहेको बताउँदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहन स्वरूप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्य गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख बाटोतर्फ अगाडि बढिरहेको बताए । उनले नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले देखेको सय वर्षपछिको भक्तपुरको आधार निर्माण गरिरहेको पनि सो अवसरमा उनले बताए ।

कार्यक्रममा विराटनगरका महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरपालिका—नगरपालिकाबिचको समन्वय र सहकार्य आगामी दिनमा अझ सुमधुर रहने विश्वास व्यक्त गरे । मूर्त र अमूर्त सम्पदाहरू काठमाडौँ उपत्यकाको विशेषता नै रहेको बताउँदै उनले भक्तपुर र विराटनगरबिच कृषि क्षेत्रमा समानता रहेको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा