आइतबार, असोज १६ २०७९
ताजा अपडेट

बालेनसहितको जम्बो मेयर टोली पुग्यो भक्तपुर, तान्यो देश दुनियाँ ध्यान !


  • KTM Khabar
  • आइतबार, भाद्र २६ २०७९
1.4K
SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोलसहित जम्बो जनप्रतिनिधि टोली भक्तपुर पुगेको छ । इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएका जनप्रतिनिधिसहित टोली भक्तपुर दरवार स्क्वायर पुगेको हो ।

काठमाडौँका मेयर बालेनले अवैध संरचना हटाउने अभियान नसक्दै एक पछि अर्को जनप्रिय काम गर्दै देश दुनियाको ध्यान खिचिरहेका छन् । जम्बो टिम किन भक्तपुर पुग्यो ? भन्ने विषय पनि अर्को ध्यान तानिरहेको छ ।

बालेनसहितको टोलीले भक्तपुरको दरवार स्क्वायरको अवलोकन भ्रमण गर्न गएको हो ।

काठमाडौं महानगरपालिका र काठमाडौं महानगरपालिकासंग भगिनी सम्बन्ध भएका बिराटनगर महानगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासीको रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, धनकुटाको पाख्रीबास नगरपालिका, डडेलधुराको अमढरगढी नगरपालिका र विदेशी पाहुनाहरु नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ तथा महानगर तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुलगायत ७५ जनाको समूहले शनिबार भक्तपुरको दरबार क्षेत्र, पाँचतले मन्दिरहुँदै पैदल यात्रा गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाहरुको स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

बालेन भक्तपुर नगरपालिकाकाको काम कारबाहीबाट प्रभावित छन् । उनी निर्वाचन परिणाम आउँंदै गर्दा पनि भक्तपुर नगरपालिकाको कार्यालय पुगेका थिए ।

इन्द्रजात्रा अवलोकन गर्न काठमाडौं आएका उक्त भ्रमण टोलीलाई भक्तपुर नगरपालिकाले भक्तपुर नपा वडा नं. २ ब्यासीस्थित नगरपालिका सभाकक्षमा उहाँहरुको स्वागतमा एक कार्यक्रम आयोजना ग¥यो ।
उक्त टोलीलाई नगर प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले नगरपालिकाको लोगो अंकित परम्परागत खादा र महिला अतिथिहरुलाई सुर्के थैली उपहारसहित स्वागत गरिएको थियो।

कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुर नपामा वैज्ञानिक समाजवादप्रति आस्थावान जनप्रतिनिधि कार्यरत रहेको बताउदै भक्तपुरमा मौलिक शैलीमा घर बनाउनेलाई प्रोत्साहन स्वरुप आर्थिक अनुदान प्रदान गर्दै आइरहेको जनाए । उनले भने, विकास निर्माणमा जनसहभागिता र सम्पदा संरक्षणमा उल्लेखनीय कार्यहरु गर्दै संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख बाटोतर्फ अगाडि बढिरहेका छौँ ।
जनप्रतिनिधिहरुबीचको अनुभव आदानप्रदानले एक अर्काबाट सिक्दै अगाडि बढ्न ऊर्जा प्राप्त हुने बताउदै उनले जनतासँग नजिकमा बसेर काम गर्ने स्थानीय सरकारहरुले निर्वाचनको समयमा दिएको वचनअनुसारको काम मानदारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको बताउदै ठेक्कापट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरुको नियमित अनुगमन हुनुपर्ने धारणा राखे ।

विदेशीको सहयोगले नेपाल बन्दैन भन्ने भक्तपुर ज्वलन्त उदाहरणको रुपमा रहेको बताउदै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गरिनुपर्ने र जनताको आधारभूत आवश्यकतामा पर्ने विषयहरुको जिम्मा राज्यको हुनुपर्नेमा जोड दिए ।

उक्त भ्रमणमा काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानगरपालिकासंग भगिनी सम्बन्ध भएका जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिंह कठायत, उपप्रमुख रामदेवी खड्का, नवलपरासीको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव र उपप्रमुख सम्झना चौधरी, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधान, धनकुटाको पाख्रीबास नपाका प्रमुख ज्ञानबहादुर गुरुङ र उपप्रमुख नम्रता गौतम, डडेलधुराको अमरगढी नपाका प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकाल र नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट हेनरी डेल्सी र नगर पार्सद सदस्य मोहम्मद हुसेन सरिफ लगायतको उपस्थिति थियो । भ्रमण टोलीको स्वागत कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

भ्रमण टोलीका नगर प्रमुखहरुलाई नगर प्रमुख प्रजापतिले प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा